
लन्डन । बेलायतमा सोमबार देखि लागु भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फुडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न “विश्वकै अग्रणी कार्य“ भनि अर्थाएको छ ।
प्रतिबन्ध–चिल्लो पदार्थ, नुन वा चिनीमा उच्च उत्पादनहरूका विज्ञापनहरूलाई लक्षित गर्दै–हरेक वर्ष बच्चाहरूको आहारबाट उल्लेख्य क्यालोरीहरू हटाउने अपेक्षाले गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साँझ ९ बजे भन्दा पहिले प्रसारण हुने यस्ता विज्ञापनहरू बन्द गर्दै यसले मोटोपनासँग बाँचिरहेका बच्चाहरूको सङ्ख्या २० हजारले घटाउने अपेक्षा राखेको मन्त्रालयले जनाएको छ ।
यसको कार्यान्वयन–पहिलो पटक डिसेम्बर २०२४ मा घोषणा गरिएको जनाइएको छ । जसमा पूर्व–प्याकेज गरिएका वस्तुहरू जस्तै मिल्कशेक, रेडी–टु–गो कफी र मीठो दही पेयपदार्थहरू समावेश छ ।
स्थानीय अधिकारीहरूलाई विद्यालय बाहिर स्थापना हुने फास्ट फूड पसलहरू रोक्ने अधिकार पनि दिइएको छ । सरकारले विज्ञापनले बच्चाहरूलाई प्रभावीत पारी कम उमेरदेखि नै जङ्क फुड खान प्ररेति गरी मोटोपना र सम्बन्धित रोगहरूको जोखिम बढाउँने तर्क प्रस्तुत गरेको छ ।
यसले इङ्गल्यान्डमा प्राथमिक विद्यालय सुरु गर्ने पाँच वर्ष उमेरका २२ प्रतिशत बालबालिकाहरूमा अधिक तौल वा मोटो पनले ग्रसित हुने र माध्यमिक विद्यालयमा पुग्दासम्म प्रभाव झनै बढी हुने गरेको जनाइएको छ ।
अधिकारीहरूका अनुसार सामान्यतया पाँचदेखि नौ वर्ष उमेरका साना बच्चाहरू जङ्क फुडको सेवन पछि दाँतको समस्या समाधानका लागि बेलायतको अस्पतालमा भर्ना हुने गरेका छन् ।
“राति ९ बजे भन्दा पहिले जंक फूडका लागि विज्ञापनहरू प्रतिबन्धित गरि अस्वास्थ्यकर खानाहरूको अत्यधिक जोखिम हटाउने स्वास्थ्य मन्त्री एशले डाल्टनले विज्ञप्ति मार्फत जनाउनु भएको छ ।
उहाँले यो कदम राज्य–वित्त पोषित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई रोगको रोकथामका साथै उपचारमा ध्यान केन्द्रित गर्ने रणनीतिको एक हिस्सा भएको बताउदै मानिसहरूले स्वस्थ जीवन बिताउन सकून् भन्ने अभिप्रायले गरेको बताउनु भएको छ ।
ओबेसिटी हेल्थ एलायन्सका कार्यकारी निर्देशक क्याथरिन जेनरले यो कदम बच्चाहरूलाई उनीहरूको स्वास्थ्यलाई हानि पुर्याउने अस्वास्थ्यकर खाना र पेय पदार्थको विज्ञापनबाट संरक्षण गर्ने दिशामा स्वागतयोग्य र लामो समयदेखि प्रतीक्षा गरिएको विषय भएको बताउनु भएको छ ।
परोपकारी संस्था “मधुमेह बेलायत” ले पनि विज्ञापन प्रतिबन्धलाई स्वागत गरेको छ ।
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय यूयोर्कमा मनाइयो आरोग्य दिवस
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो