
लन्डन । ईलमपोखरी समाज यूकेले विगतका वर्षहरुमा झैं यस वर्ष पनि ल्होछार तथा नयाँ वर्ष २०२६ भव्य रुपमा मनाएको छ ।
शनिबार २० डिसेम्बर २०२५ मा एम्पायर हल अल्डरसटमा ‘त ल्हो’ (घोडा वर्ग) को अवसरमा विविध कार्यक्रमका साथ ल्होछार मनाइएको हो । कार्यक्रममा लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ प्रमुख अतिथि,लमजुङ समाज यूकेकी आमा समूहकी अध्यक्ष तारा गुरुङको विशेष आतिथ्य रहेको थियो । साथमा बिभिन्न संघसंस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यसमितिका सदस्य सबिता गुरुङले संचालन गरेको औपचारिक कार्यक्रमलाई समाजका अध्यक्ष परशु गुरुङ, संस्थाका संस्थापक अध्यक्ष मोहनसिंग गुरुङ, प्रमुख अतिथि पूर्णराज गुरुङ र विशेष अतिथि तारा गुरुङले दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए ।
कार्यक्रममा समाजमा भर्खर जोडिएका सदस्यहरुलाई, स्वागत गरिएको थियो भने गत महिनामात्र चयन गराइएका सातौं कार्यसमितिका सल्लाहकारहरुलाई पनि सम्मान अध्यक्ष परशु गुरुङ र उनकी धर्मपत्नीले खादा लगाई सम्मान गरेका थिए । साथै यस वर्ष जीसीएसई उत्तीर्ण गरेका, ग्र्याजुयसन, मास्टर्स डिग्री तथा एमबीबीएस गरेका समाजका नानीहरुलाई बधाई दिँदै खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
त्यस्तैगरी तमु धीं यूकेले प्रदान गरेको “आदर्श तमुस्यो २०२५” बाट विभूषित भएकी समाजकी सदस्य शान्ता गुरुङलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष, विशेष अतिथि, प्रमुख अतिथिले आफ्नो मन्तव्य राखी शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष परशु गुरुङले कार्यक्रम आयोजनामा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिँदै कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुप्रति आभार व्यक्त गरी ल्होछार तथा नयाँ वर्षको पावन अवसरमा शुभकामना व्यक्त गरी औपचारिक कार्यक्रमलाई समापन गरेका थिए ।
लुईस गुरुङले संचालन गरेको सांस्कृतिक कार्यक्रममा लोकप्रिय गायक तिलक गुरुङ, स्थानीय कलाकारहरु माला घले, लुईस गुरुङ, हेमा गुरुङ, सम्झना गुरुङको सांगीतिक प्रस्तुतिमा सबैजनाले भरपुर मनोरन्जन गरेका थिए । कार्यक्रम अपराह्न २ बजेआट सरु भएर राति करिब १०:३० बजे समापन भएको थियो ।

बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला