
लन्डन । सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन हुनुभएको छ ।
अल्डरसटमा शनिबार २० डिसेम्बरमा भएको वार्षिक साधारणसभा तथा अधिवेशनले शारदाको नेतृत्वमा १९ सदस्यीय नवौं नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ, सचिवमा दिपक गुरुङ (राजु), कोषाध्यक्षमा जगन गुरुङ, सह-कोषाध्यक्षमा कुमार थापा र सहारा यूकेको सीईओमा दल गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, स्पोर्टस् सेक्रेटरीमा शम्शेर गुरुङ र युथ कोअर्डिनेटरमा अजयजंग थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरुमा रमेश गुरुङ, सविन्द्र कुमार गुरुङ (एसके), गम गुरुङ, गंगा गुरुङ, मनोज गुरुङ, देव गुरुङ, लाल गुरुङ, नारायण गुरुङ, ओम गुरुङ, मिलन तमु र मनोज गुरुङ चुनिनुभएक छ । निर्वाचन समितिले नयाँ कार्यसमितिलाई शपथ ग्रहण गराएको थियो ।
निर्वाचन समितिमा संस्थापक सल्लाहकार महेश गुरुङ प्रमुख आयुक्त एवं सल्लाहकार ज्ञाम गुरुङ र एकेन्द्र गुरुङ आयुक्त रहनुभएको थियो ।
त्यसअघि अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा महासचिव क्याप्टेन पिताम्बर गुरुङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुमार थापाले आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला