
लन्डन । नेपाली राजदूतावास लन्डनले आइतबार २१ डिसेम्बरमा विशेष योग ध्यान कार्यक्रम आयोजना गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष डिसेम्बर २१ मा मनाइने अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा लन्डन दूतावासले विशेष योग ध्यान कार्यक्रम गर्न लागेको हो । कार्यक्रम बिहान ९ देखि ११ बजेसम्म राजदूतावास परिसरमै हुनेछ ।
शारीरिक, मानसिक तथा आत्मिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिन लागेको दूतावासले जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई आमन्त्रण गरिएको छ ।
स्थान सीमित भएकाले सहभागिता पहिलो आउने, पहिलो पाउने आधारमा सुनिश्चित गरिने र त्यसका लागि अनिवार्य रूपमा अनलाइन रजिस्ट्रेशन गर्नुपर्ने लन्डन दूतावासले जनाएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]