
लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले अल्डरसट र फार्नबोरोमा बस्ने नेपाली नागरिकलाई लक्षित गर्दै अल्डरसटमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।
राजदूतावासका अनुसार अल्डरसट, फार्नेबोरो तथा आसपासका क्षेत्रमा बसोबास गर्ने विशेषगरी वृद्ध तथा अशक्त नेपाली नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर आयोजना गर्न लागिएको हो । शिविरमार्फत राहदानी नवीकरण, कन्सुलर सेवा तथा अन्य आवश्यक सेवाहरू प्रदान गरिनेछ।
घुम्ती शिविर शनिबार १७ जनवरी २०२६ का दिन सञ्चालन हुनेछ। शिविरको समय बिहान १० देखि दिउँसो ५ बजेसम्म तोकिएको छ। शिविर शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर अल्डरसटमा आयोजना हुनेछ।
राजदूतावासले सम्बन्धित सबै नेपाली नागरिकहरूलाई उक्त शिविरमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान