बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा

लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले अल्डरसट र फार्नबोरोमा बस्ने नेपाली नागरिकलाई लक्षित गर्दै अल्डरसटमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।

राजदूतावासका अनुसार अल्डरसट, फार्नेबोरो तथा आसपासका क्षेत्रमा बसोबास गर्ने विशेषगरी वृद्ध तथा अशक्त नेपाली नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर आयोजना गर्न लागिएको हो । शिविरमार्फत राहदानी नवीकरण, कन्सुलर सेवा तथा अन्य आवश्यक सेवाहरू प्रदान गरिनेछ।

घुम्ती शिविर शनिबार १७ जनवरी २०२६ का दिन सञ्चालन हुनेछ। शिविरको समय बिहान १० देखि दिउँसो ५ बजेसम्म तोकिएको छ। शिविर शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर अल्डरसटमा आयोजना हुनेछ।

राजदूतावासले सम्बन्धित सबै नेपाली नागरिकहरूलाई उक्त शिविरमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री