
लन्डन । बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल सजाय सुनाइएको छ ।
७ बालिका र १ महिलालाई यौन शोषण तथा बलात्कार गरेको कसुरमा क्याम्ब्रिज क्राउन कोर्टले पिटरबरो क्षेत्रमा बसोबास गर्ने ४९ वर्षका प्रमोद ढकाललाई यौन अपराधमा २५ वर्षको काराबासको फैसला गरेको हो । क्याम्ब्रिज क्राउन कोर्टका न्यायाधीश मार्क बिसपले सोमबार (डिसेम्बर १) मा ढकालविरुद्ध २५ वर्ष कैद र थप ८ वर्ष ‘विस्तारित लाइसेन्स अवधि’ (रिहा भए पनि कडा निगरानी) को सजाय सुनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, उनले १७ वर्षभन्दा लामो समयसम्म ७ बालिका र एक महिलालाई पटकपटक बलात्कार तथा यौन शोषण गरेको ठहर अदालतले गरेको छ।
ढकालको पुर्ख्यौली घर काठमाडौँमा रहेको जनाएको छ । सन् २०२३ नोभेम्बरमा एक पीडितले आफ्नो परिवारसँग गोप्य कुरा खोलेपछि ढकाल पक्राउ परेका थिए । त्यसपछि थप सात जना पीडित खुलेका थिए । पीडितमध्ये एक जनाबाहेक सबै यौन दुराचार गरिँदा बालिका थिए; त्यसमा सबैभन्दा सानीको उमेर जम्मा ८ वर्ष थियो । सात जना पीडित क्याम्ब्रिजसायरका र एक जना लन्डनकी थिइन् । धेरै जना पीडितले विश्वास नगर्ने डरले लामो समयसम्म मुख खोलेका थिएनन् ।
पण्डितका रुपमा परिचित अभियुक्त ढकाल रेस्टुरेन्ट व्यवसायमा समेत संलग्न थिए ।
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन