बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल

लन्डन । बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल सजाय सुनाइएको छ ।

७ बालिका र १ महिलालाई यौन शोषण तथा बलात्कार गरेको कसुरमा क्याम्ब्रिज क्राउन कोर्टले पिटरबरो क्षेत्रमा बसोबास गर्ने ४९ वर्षका प्रमोद ढकाललाई यौन अपराधमा २५ वर्षको काराबासको फैसला गरेको हो । क्याम्ब्रिज क्राउन कोर्टका न्यायाधीश मार्क बिसपले सोमबार (डिसेम्बर १) मा ढकालविरुद्ध २५ वर्ष कैद र थप ८ वर्ष ‘विस्तारित लाइसेन्स अवधि’ (रिहा भए पनि कडा निगरानी) को सजाय सुनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, उनले १७ वर्षभन्दा लामो समयसम्म ७ बालिका र एक महिलालाई पटकपटक बलात्कार तथा यौन शोषण गरेको ठहर अदालतले गरेको छ।

ढकालको पुर्ख्यौली घर काठमाडौँमा रहेको जनाएको छ । सन् २०२३ नोभेम्बरमा एक पीडितले आफ्नो परिवारसँग गोप्य कुरा खोलेपछि ढकाल पक्राउ परेका थिए । त्यसपछि थप सात जना पीडित खुलेका थिए । पीडितमध्ये एक जनाबाहेक सबै यौन दुराचार गरिँदा बालिका थिए; त्यसमा सबैभन्दा सानीको उमेर जम्मा ८ वर्ष थियो । सात जना पीडित क्याम्ब्रिजसायरका र एक जना लन्डनकी थिइन् । धेरै जना पीडितले विश्वास नगर्ने डरले लामो समयसम्म मुख खोलेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री