
लन्डन । गायक राजु लामा नेतृत्वको चर्चित नेपाली ब्यान्ड मंगोलियन हर्टले आगामी १३ डिसेम्बर २०२५ मा बेलायतमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ।
जीटी बास इन्टरटेन्मेन्ट र सहीसर्चले संयुक्त रूपमा लन्डनस्थित ह्यारो लेजर सेन्टरमा आयोजना गर्ने कन्सर्टमा मंगोलियन हर्ट गुन्जिन लागेको हो । कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ।
गायक राजु लामा नेतृत्वको टोली बेलायत आउने पक्का भएको आयोजक रोज लामाले जानकारी दिनुभएको छ । उहाँका अनुसार टिकट बुकिङ जारी छ । ३३ वर्षअघि सन् १९९२ मा स्थापना भएको लोक, स्लो रक, पप मेलोडी यो ब्यान्डमा गायक राजु लामासहित रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन हुनुहुन्छ ।
नेपाल फर्केर मंगोलियन हर्टको कन्सर्ट हेर्न नसक्ने बेलायतवासी नेपालीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो । आयोजकले बेलायतस्थित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कन्सर्टमा सहभागी हुन आग्रह गरेका छन् ।
आयोजक संस्थाका रोज लामाले कन्सर्टको उद्देश्य नेपाली कला, भाषा, संस्कृति र संस्कारलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु रहेको बताउनुभएको छ ।
‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ सैलुङ्गे मेला, आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन् ।
कार्यक्रम आयोजकमा रोज लामासहित थमु वाइबा,विशाल मोक्तान हुनुहुन्छ । कन्सर्टमा हजारौँ दर्शक आउने अपेक्षा गरिएको आयोजक रोज लामाले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमका टिकटहरू बिक्री धमाधम भइसकेका छन् ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु