पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय

लन्डन । राजेन्द्र पुडासैनी नेतृत्वको गैर आवासीय नेपाली संघ यूके (एनआरएनए यूके) को विभिन्न निर्णय गर्दै भर्चुअल बैठक सम्पन्न भएको छ ।

गत आइतबार बसेको बैठकले बेलायतस्थित आपतमा परेका नेपालीहरुलाई सहयोग गर्न आपतकालीन कोषवृद्धिका लागि च्यारिटी गर्नेलगायत निर्णय गरेको महासचिव दिवाकर पाण्डेयले बताउनुभयो ।

१ आपतकालीन राहत कोषका लागि स्कटल्यान्ड राज्य समन्वय परिषद्, वेल्स राज्य समन्वय परिषद्, नर्दन आयरल्यान्ड समन्वय राज्य परिषद् र इंग्ल्यान्ड राज्य समन्वय परिषद्मा छुट्टा छुट्टै च्यारिटी डिनर नाइट कार्यक्रम आगामी फेब्रुअरीबाट सुरु गरिने छ ।

२ अन्तर्राष्ट्र्रिय महिला दिवसका अवसरमा लन्डन र स्कटल्यान्डमा कार्यक्रम गर्ने । महिला संयोजक बिनु लामिछानेको संयोजकत्वमा लन्डनमा ८ मार्चमा महिलाको स्वास्थ्यसम्बन्धी अन्तरक्रियासहित कार्यक्रम हुनेछ । त्यस्तै स्कटल्यान्डमा महिला उपाध्यक्ष कमला श्रेष्ठको संयोजकत्वमा ९ मार्चमा कार्यक्रम गरिने छ ।

३ ‘देश विकासमा एनआरएनएको भूमिका, उपलब्धि र सम्भावना’ विषयक अन्तर्राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता पनि गर्ने । उक्त कार्यक्रमका लागि भाषा साहित्य र संस्कृति विभाग संयोजक गोपी सापकोटालाई जिम्मा दिइएको छ । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख, ६० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ ।

४ खेलकुद क्षेत्रमा युवाहरुलाई सहभागी गराउन ‘अब खेल्छ एनआरएनए, अब दौडिन्छ एनआरएनए’ भन्ने नारासहित जुन, जुलाई र अगष्ट गरि तीन महिनामा सबै राज्यमा भलिबल, फुटबल र क्रिकेट आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमको जिम्मा एनआरएनए यूके उपाध्यक्ष तथा खेलकुद विभाग संयोजक उज्जवल कार्कीलाई दिइएको छ । आगामी २६ अप्रिलमा एनआरएनए यूकेको टिशर्ट लगाउँदै लन्डन म्याराथनमा उज्जवल कार्कीले भाग लिन्नुहुन्छ ।

५ सबै उपलब्धि र भए गरेका काम लिपिबद्ध गर्न त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी ‘थेसिस’ लेख्ने र पछि पुस्तक प्रकाशित गर्ने निर्णय पनि गरेको छ । उक्त कार्यको संयोजन अध्यक्ष पुडासैनी र भाषा साहित्य संस्कृति विभाग प्रमुख सापकोटाले गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री