
लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई सरकारले फिर्ता बोलाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजनीतिक नियुक्त भएका घिमिरेसहितका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बेलायत, चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय भएको जानकारी दिनुभयो ।
राजदूत घिमिरे २०८१ माघ ४ गते (१७ जनवरी २०२५) कार्यभार सम्हालन बेलायत आउनुभएको थियो । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका घिमिरे २०८१ मंसिर २ गते (१७ नोभेमबर २०२४) मा राजदूतमा नियुक्त हुनुभएको थियो । फिर्ता बोलाइएका राजदूतहरुलाई कात्तिक २० भित्र नेपाल फर्कन भनिएको छ ।
फिर्ता बोलाएका राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिमिल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रूस), नरेश विक्रम ढकाल (साउदी अरब), सनिल नेपाल (स्पेन), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र दुर्गाबहादुर सुवेदी (जापान) रहनुभएको छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श