
काठमाडौँ । नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।
यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका एक सय १७ टोलीको सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ ।
तोकिएको समयसीमा दुई दिनभित्रमा हतियार, करिब ७० पौण्ड तौलको उपकरण र बन्दोबस्तीका सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने त्यस अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षताको मूल्याङ्कन र परीक्षण गरिने निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।
सोसाइटी अफ नेप्लिज् इन्जिनियर्स इन यूकेको ११ औं वार्षिक सम्मेलन लन्डनमा सम्पन्न
नेपालको परराष्ट्र मन्त्रालयको १०० दिन : भूतपूर्व ब्रिटिस गोर्खाका मागबारे बेलायतका उच्च पदाधिकारीसँगको बैठकलगायत उपलब्धि
बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न
हर्मुज सुरक्षित बनाउन सक्रिय बने फ्रान्स–बेलायत
नेपालमा बढे विदेशी पर्यटक, ६ महिनाको अवधिमा ६ लाख २० हजार ४५३ भित्रिए
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
विदेशस्थित नेपाली नियोग र राहदानी विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान