पाँचथर समाज सेवा यूकेको नवौं महाधिवेशनबाट अध्यक्षमा नगेन्द्रराज नेम्बाङ चयन

लन्डन । पाँचथर समाज सेवा यूकेको नवौं महाधिवेशन अध्यक्षमा नगेन्द्रराज नेम्बाङ सर्वसम्मत चयन हुनुभएको छ ।

अल्डरसटस्थित सुसी मोटो रेष्टुरेन्टमा आइतबार २८ सेप्टेम्बरमा भएको संस्थाको महाधिवेशनले नेम्बाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिले घोषणा गरेको हो । नवनिर्वाचित अध्यक्ष नेम्बाङले यसअघि दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ एभरेस्ट टाइम्स डट नेटका प्रबन्ध निर्देशक समेत हुनुहुन्छ ।

ब्रिटिस सैनिक सेवाबाट अवकाशपछि उहाँ ड्राइभिङ प्रशिक्षक र मनोक्रान्तिको क्षेत्रमा सक्रिय हुँदै आउनुभएको छ । हाल नेम्बाङ मामा ड्राइभिङ इन्स्टिच्युटका प्रोपाइटर र मनोक्रान्ति टिम यूकेका टिम लिडर रहनुभएको छ ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लिला सेलिङ माबो, उपाध्यक्षमा लाहाङ चेम्जोङ, खुशी लिम्बु, गेहेन्द्रराज थाम्सुहाङ, दीपा योङ्ग्या लिम्बु र महासचिवमा पारु राई, सचिव एवं फुटबल कोअर्डिनेटर प्रताप तामाङ, सहसचिव राजन सेलिङ, कोषाध्यक्षमा शिखर लिम्बु, सहकोषाध्यक्ष अर्जुन सेलिङ सर्वसम्मत चयन हुनुभएको छ ।

सदस्यहरुमा रस्मी केरुङ योङ्या, राजन राई,देउमान लावती,धन नेम्बाङ,मनकुमार चेम्जोङ , श्रीप्रसाद माबो, शुभ नेम्बाङ र कालु सिङ थाम्सुहाङ चुनिनु भएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका अध्यक्ष नरप्रसाद थाम्सुहाङले आइतबार नै पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो । निर्वाचन समिति सचिवमा छबि सेलिङ र धन काम्बाङ सदस्य रहनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष नगेन्द्रराज नेम्बाङले समाजको वार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै संस्थालाई नयाँ हिसाबले परिवर्तन गर्ने प्रतिबद्धता जनाउनुभयो । २०६३ सालमा स्थापित पाँचथर समाज सेवा यूकेले वार्षिक रुपमा पाँचथर कप, वार्षिक भेला र च्यारिटी कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

उहाँले शान्ति लिम्बु नेतृत्वको निवर्तमान कार्यसमिति र निर्वाचन समितिलाई धन्यवाद दिनुभयो । दुई वर्षे कार्यकालका लागि निर्वाचित अध्यक्ष नेम्बाङले आफ्नो कार्यसमितिका काम र योजनालाई साथ र सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष नगेन्द्रराज नेम्बाङ र निवर्तमान अध्यक्ष शान्ति लिम्बु

प्रतिक्रिया

सम्बन्धित सामाग्री