
हार्लो, यूके । हार्लो नेपाली समाजको आयोजनामा दसैं विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
हार्लो क्रिकेट क्लबमा शुक्रबार २६ सेप्टेम्बर २०२५ मा हार्लो क्षेत्रका सांसद क्रिस भिन्सको प्रमुख आतिथ्यतामा दसैं विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । नेपाली गीत–संगीत, नृत्य, भजन, राफल तथा लंगुरबुर्जाको रमाइलो खेलले भरिपूर्ण कार्यक्रमलाई जीवन्त बनाएको थियो ।
सांस्कृतिक प्रस्तुतिमा सोनिता केसी, रोजलिन रायमाझी, प्रिशा सिम्खडा, रुबी पुडासैनी, सीमा सिम्खडा, ग्रिशा र सलीशा सुदाकर, सदमा काफ्ले, आध्या काफ्ले लगायतका कलाकारले उल्लेखनीय प्रस्तुति दिनुभएको थियो ।
हार्लो नेपाली समाजको विशेष पहलमा नेपालमा आपतकालीन राहत सहयोगका लागि २ हजार पाउन्ड संकलन गरिएको आयोजकले जनाएको छ । उक्त रकम प्रदीप सिम्खडा र राम रायमाझीको संयोजनमा नेपाल पठाइनेछ ।
सांसद क्रिस भिन्सले आफ्नो सम्बोधनमा हार्लोमा नेपाली समुदायको योगदानको खुलेर प्रशंसा गर्दै भन्नुभयो, ‘समाजमा विविधता र एकता आवश्यक छ, विशेषगरी अहिलेको विभाजनकारी राजनीतिक परिवेशमा ।’ उहाँले नेपाली समुदायप्रति समर्थन र सहकार्य निरन्तर रहने पनि बताउनुभयो ।
त्यस्तै, एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालीहरूको बेलायती समाजमा समायोजन, एकता र नेपाली संस्कृतिको संरक्षण अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिनुभयो। ‘समुदायबीचको एकताले विदेशमा पनि राष्ट्रप्रतिको प्रेम र भावना बलियो बनाउँछ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा एनआरएनए यूकेको भाषा साहित्य विभाग प्रमुख गोपी सापकोटासहित हार्लोमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सुरज पुडासैनीले गर्नु भएको थियो भने सभाध्यक्षता हार्लो नेपाली समाजका अध्यक्ष प्रमोद भण्डारीले गर्नुभएको थियो ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा