
लन्डन । पाँचथर समाज सेवा यूकेको नवौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि २८ सेप्टेम्बर मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ ।
नरप्रसाद थाम्सुहाङ अध्यक्ष रहेको निर्वाचन समितिले आइतबार प्रकाशित गरेको निर्वाचन तालिका अनुसार २५ सेप्टेम्बर बिहान १० बजेदेखि २८ सेप्टेम्बर मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय उल्लेख छ । उम्मेदवारी फिर्ता लिने समय २८ सेप्टेम्बर दिनको साढे १२ बजेसम्म, उम्मेदवारको योग्यता छानबिन गरी सम्बन्धित उम्मेदवार योग्य भएको वा आवश्यक थप कागजात चाहिने विषयमा जानकारी सोही दिन दिउँसो १ बजेभित्र दिइने छ ।
मतदाता नामावली पाँचथर समाज सेवा युकेको केन्द्रीय कार्यसमिति उपलब्ध गराएअनुसार सार्वजनिक गरिने, पाँचथर समाज सेवा यूकेको नवौं महाधिवेशन यही २८ सेप्टेम्बर दिउँसो साढे १ बजेबाट बेलुकी ५ बजेसम्ममा अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा तोकिएको छ ।
उम्मेदवारी दर्ता गर्न चाहनेले [email protected] इमेलमार्फत पेस गरी ०७४५४०१९६९७ मा सम्पर्क गर्नुपर्ने र आवेदन दिँदा उपरोक्त उम्मेदवारको योग्यता सम्बन्धमा उल्लेख गरिएको कागजातहरु इमेलमार्फत अनिवार्य पेस गर्नुपर्ने छ । कागजातको हार्ड कपी २८ सेप्टेम्बर १२ बजेभित्र निर्वाचन समितिलाई पेस गरिसक्नु पर्ने पनि निर्वाचन तालिकामा उल्लेख छ ।
पाँचथर समाज सेवा यूके निर्वाचन समितिमा अध्यक्ष नरप्रसाद थाम्सुहाङ, सचिव छबि सेलिङ र धन काम्बाङ सदस्य रहनुभएको छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श