
काठमाडौँको पूर्वी उत्तर कागेश्वरी मनहरा नगरपालिका–६ सुवेदी गाउँमा पन्ध्र असारको दिनमा खेत रोप्दै पर्यटन प्रवद्र्धन मञ्च (भिटोभ) का पदाधिकारी लगायत । तस्बिर ः अच्युत रेग्मी, रासस
गागलफेदी (काठमाडौँ), १५ असार । ‘नौमती बाजा घन्किरहेको थियो, गाउँ वरैबाट गाउँलेका महिलाहरू थालीमा राता अक्षता र फूल लिएर पाहुनाका लागि स्वागत गर्न आतुर थिए ।’ बाहिरबाट हेर्दा यो दृश्य कुनै विवाहको जस्तो लाग्दथ्यो तर त्यो विवाह नभएर काठमाडौँको पूर्वी उत्तर कागेश्वरी मनहरा नगरपालिका–६ सुवेदी गाउँको १५ असारको चटारो थियो ।
आकासबाट पानी परेको छैन, बाहिरको वातावरण गर्मी छ तैपनि असार १५ देशभर खेत रोपाइँ कार्यक्रम चलिरहेको बेला गागलफेदी सुवेदी गाउँका बासिन्दा पनि धान रोप्न व्यस्त छन् ।
असार १५ को अवसर पारेर पर्यटनको विकासका लागि काम गर्दै आइरहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले सुवेदी गाउँका बासिन्दालाई धान रोपाइँमा साथ दिएकोे छ । रोपाइँका लागि आएका सहयोगी मनहरूलाई बाजागाजासहित सुवेदीगाउँवासीले देखाएको आतिथ्यता साँच्चै नै लोभलाग्दो थियो ।
‘गैरी खेतको रोपाइँ, आउनु भा–को तपाइँ, छाता छैन घुम्लेर, सालका पातलाई बसालेको भातलाई न जान्छ कि उम्लेर”जस्ता गीतबाट गुञ्जयमान बनेको थियो सुवेदी गाउँको डोल गरा र त्यस वरपरको वातावरण । स्थानीयबासीको असारे गीतसँगै लोकगायक कृष्ण कडेँलको नेतृत्वको ईन्द्रेणी सांस्कृतिक समूहको टोलीको प्रस्तुतिले थप रौनकता दिएको थियो । गाउँका केटाकेटी, तरुनातरुनीदेखि बुढाबुढी पनि खेतका गरामा हिलो छ्याप्दै रोपाइँमा रमाएको दृश्यले जो कसैलाई पनि फुरुङ गराएको थियो ।
वैशाख १२ गतेको भूकम्पबाट सबैजसो घर भत्किएर आहात बनेका यहाँका बासिन्दा विस्तारै दुःख पीडा बिर्सेर असारमा रोपेर वर्षभरि खाने अन्न धान रोप्न व्यस्त छन् । “के गर्ने सधँै दुःख मानेर पनि भएन नि, मानो खाएर मुरी उब्जाउने बेला यही हो”–स्थानीय मधुसुदन खड्का भन्छन् ।
नेपाल कृषि प्रधान देश हो यहाँका अधिकांश मानिसहरू कृषि पेसामा सङ्लग्न छन् । स्थानीय कृषक बलराम नगरकोटी अहिलेसम्म कुनै पनि सङ्घ संस्था आएर यस्ता काम नगरेकामा यस वर्ष गाउँ पर्यटन प्रवद्र्धन मञ्चले आएर रमाइलो गर्दै दुःखसँग सुख साटेर काममा सहयोग गरेकामा मख्ख थिए ।
उनी भन्छन्, “यहाँका अधिकांश युवा विदेश गएका र स्वदेशमै भएका युवा पनि पढाइ र कामका लागि सहर गएकाले काम गर्ने मानिस नहुँदा कृषि पेसा विस्तारै ओझेलमा परेको छ । यसरी नयाँ पुस्ताले कृषिलाई माया गरिदिने हो भने जस्तोसुकै विपत्मा पनि विदेशीले दिएको खाद्यान्नमा भर पर्नुपर्ने थिएन ।”
नेपाल भ्रमणमा रहनुभएका अमेरिकी नागरिक जिम जोन्सले भूकम्पबाट आहात बनेका नेपालीमा आफ्नो कृषि पेसाप्रति देखिएको उत्साहबाट आफू निकै प्रभावित भएको बताउँदै तत्कालीन राहतभन्दा दीर्घकालीन रुपमा सक्षम बनाउने खालका कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।
संविधानसभामा सधँै दौरा सुरुवालले चटक्क परेर हिँड्ने सभासद् रामेश्वर फुयाँल संविधान लेखनको चटारोबाट समय निकाल्दै कोदालो लिएर डोल गरामा गएको दृश्यले स्थानीयमा खुशी छाएको थियो । आफैँले जिताएका नेता यसरी खेतमा कोदाली लिएर खन्न तम्सिएपछि पुरुषहरू बाउसे गर्न तम्सिए भने महिलाहरू हातमा बिउका मुठा लिएर असारे भाकामा गीत गाउँदै रोप्न हौसिए । सोही टोलीमा थिए, अर्का सभासद् मोहन बाँनिया ।
बाउसे लगाउँदै गरेका सभासद् फुयाँलले यसखालका महोत्सवले श्रमको पूर्ण सम्मान गर्ने संस्कारको विकास गर्ने बताउँदै पूर्ण लोकतन्त्रले मात्र देशको पर्यटन प्रर्वद्धन गर्न ठूलो योगदान हुने बताए ।
मुगु जिल्लाका सभासद् मोहन बाँनिया पनि दौरा सुरुवालमै गाउँलेहरूसँग खेतका गरुामा बाउसे लगाउँदै थिए । उनले देश प्राकृतिक सौन्र्दयले भरिपूर्ण रहेकाले त्यसको अधिकतम उपयोग गरी जीवनस्तरमा सुधार ल्याउन गाउँ पर्यटन प्रर्वद्धनको आवश्यकतामा जोड दिए ।
भिटोफका वरिष्ठ सल्लाहकार डा प्रेम शर्माले सहरमुखी पर्यटनलाई गाउँमुखी बनाउन यस्ता महोत्सवहरू उपयोगी हुने बताए ।
भिटोफका महासचिव राजकुमार थापाले कृषि र गाउँ पर्यटनलाई एक ठाउँमा लैजाने उद्देश्यले विगत चार वर्षदेखि भिटोफले देशका विभिन्न ठाउँमा रोपाइँ महोत्सव गर्दै आएको बताए ।
भिटोफका पूर्व अध्यक्ष शिव लामिछाने र कार्यवाहक अध्यक्ष ध्रुब सिंखडाले कृषिप्रधान मुलुकमा असार १५ को धान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?