काठमाडौँ । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएको छ ।
जेनजी समूहको सिफारिसमा पूर्वप्रधानन्यायाधीशसमेत रहनुभएकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
जेनजीको प्रदर्शनपछि नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट भदौ २४ मा राजीनामा दिनुभएको थियो ।
जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए ।