लन्डन । ‘जेनजी’को नाममा भएको आन्दोलन अराजक बनेपछि नेपालमा ठूलो जनधनको क्षति भएको छ । सोमबारदेखि सुरु भएको आन्दोलन मंगलबार चर्किएपछी राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका (संघीय संसद्) भवनसहित धेरै सरकारी प्रशासनिक भवन, प्रहरी कार्यालय तथा केही व्यापारिक भवनमा क्षति पुगेको हो ।
प्राप्त प्रारम्भिक विवरण अनुसार सिंहदरबारका दर्जनौं मन्त्रालयहरु, संघीय संसद्, प्रदेशसभा, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, विमानस्थलमा समेत आगजनी र तोडफोड भएका छन् । यस्तै ठूला होटल, नेताहरुका निजी निवास, पूर्वपदाधिकारीका निवास, सञ्चारमाध्यममा समेत तोडफोड भएको छ । देशको मुख्य राजधानीका सयौं संचरनामा तोडफोड र आजगजी भइरहे पनि नेपालको सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले आफ्नो सुरक्षाबाहेक ती संरचना कुनै जोगाउन सकेनन् । दिनभर काठमाडौं उपत्यका विमान उडानमा समेत प्रभावित हुने गरी अस्तव्यस्त हुँदा पनि सेना परिचालन हुन सकेन । बल्ल राति प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्नुहुँदै १० बजेदेखि सुरक्षा जिम्मा नेपाली सेनासहित सुरक्षा निकायले लिने घोषणा गर्नुभएको थियो । सोही बमोजिम सेना परिचालन भयो । र, लुटपाट, आगजनी तोडफोडमा संलग्नलाई नगद, हतियारसहित नियन्त्रणमा लिएको खबर आएको छ ।
आन्दोलनका बीच ठूला ठूला भ्रष्टाचार, ठगी, हत्या, बलात्कार, व्यक्ति हत्या जस्ता अपराधमा जेल सजाय भोगिरहेका सयौं कैदीबन्दी हिरासतबाट भागेका छन् । काठमाडौंमा ठूला संरचनामा लगाइएको आगो अझै ननिभ्दा अन्तर्राष्ट्रिय विमानस्थल समेत अनिश्चितकालका लागि बन्द गरिएको छ ।
प्रधानमन्त्री कार्यालय