
काठमाडौं । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा गर्दै ‘जेन–जी’ (सन् १९९७-सन् २०१२ सम्म जन्मिएको पुस्ता) ले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा सोमबार प्रदर्शन गरेका छन् । काठमाडौंमा प्रदर्शन उग्र बनेपछि नियन्त्रणका लागि सरकारले बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ ।
जेन-जीको विरोध प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त बनेपछि भने जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको छ । सोमबार अपराह्न १२:३० देखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गर्नुभएको हो ।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश भएको छ ।
जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । बानेश्वर चोकबाट प्रहरीहरु पछि हटेपछि जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवन प्रवेश गरेका हुन् । जेन-जीको भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश