
लन्डन । पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता ओनसरी घर्ती मगर, पूर्वमन्त्री राम कार्की र नेता वसन्त राई बेलायत आइपुग्नुभएको छ ।
यही सेप्टेम्बर ७ तारिखमा हुने नेकपा (माओवादी केन्द्र) सम्बद्ध जातीय मुक्ति मोर्चाहरुको बेलायत शाखाको संयुक्त सम्मेलनमा सहभागी हुन उहाँहरु मंगलबार २ सेप्टेम्बर २०२५ राति ११ बजे लन्डनको हिथ्रो एयरपोर्टमा ओर्लिनु भएको हो ।
अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा बिहान ११ बजेदेखि हुने सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सचिव, पूर्वमन्त्री तथा अन्तरमहादेशीय प्रवास, प्रदेश संगठन समितिका ईन्चार्ज कार्की प्रमुख अतिथि, पार्टी स्थायी समितिका सदस्य तथा पूर्वसभामूख तथा आदिवासी जनजाती संयुक्त मोर्चा नेपालको ईन्चार्ज घर्ती मगर विशिष्ट अतिथि र किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपालको महासचिव तथा पार्टी अन्तर्राष्ट्रिय विभागका सदस्य राई विशेष अतिथिको रुपमा रहनुहुने नेपाली जनप्रगतिशील मञ्च बेलायतका सचिव कपिल राईले जानकारी दिनुभयो ।
उहाँहरुको स्वागतका लागि बेलायतमा रहेका माओवादी केन्द्रीय सदस्य कृष्णकुमार राई र नेपाली जनप्रगतिशील मञ्च बेलायतका सचिव कपिल राई, मगर संघ बेलायतका प्रतिनिधिहरु हिथ्रो विमानस्थलमा पुग्नुभएको थियो । आयोजक समितिका अनुसार बेतायत आएका नेताहरुको पार्टी र जातीय मोक्ति मोर्चाहरुको कार्यक्रमलगायत विभिन्न क्षेत्रसँग जोडिएका व्यक्तिहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत रहने छ ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा