
लन्डन । इजरायलको गाजा क्षेत्रमा पत्रकारहरू मारिएको घटनाप्रति आपत्ति जनाउँदै बेलायतको अक्स्फोर्ड काउन्टी काउन्सिल नजिकै स्थानीय पत्रकारहरूले विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले पत्रकारिता स्वतन्त्रता र मानवीय सुरक्षाको पक्षमा आवाज उठाउँदै निर्दोष सञ्चारकर्मीहरूको हत्या रोक्न अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् । उनीहरूले पत्रकारमाथि हुने आक्रमण प्रेस स्वतन्त्रतामाथिको ठूलो चुनौती भएको भन्दै न्यायको माग पनि गरेका छन् ।
प्लेकार्ड, ब्यानर र झन्डासहित चार दर्जन हाराहारीमा पत्रकार प्रदर्शनमा उत्रिएका थिए ।
दुई साताअघि इजरायलको हवाई आक्रमणमा परी गाजामा अल जजिराका फोटो पत्रकार मोहम्मद सलामा, रोयटर्सका फोटो पत्रकार हुसेम अल–मस्री, द इन्डिपेन्डेन्ट अरबी र एपीमा काम गर्दै आएकी पत्रकार मरियम अबु दग्गातथा पत्रकार मोज अबु ताहा मारिएका थिए ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श