
लन्डन । नेपाली दूतावास लन्डनमा हिन्दु नारीहरुको ठूलो पर्व हरितालिका तीज मनाइएको छ ।
दूतावास भवनमा शुक्रबार आयोजित कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका महिला प्रमुख, कलाकारहरु र अन्य सर्वसाधारण महिला सहभागी भएर उल्लासमय वातावरणमा तीज मनाएका नेपाली राजदूत चन्द्रकुमार घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा नेपालबाट आउनुभएकी गायिका कोमल वली, देउडा सम्राट नन्दकृष्ण जोशी र लन्डनवासी गायिका सितु खरेललगायत उपस्थित हुनुहुन्थ्यो ।

गायिका कोमल वलीले विश्वभरका नेपालीहरुलाई तीजको शुभकामना दिँदै हिंसारहित, सुखमय जीवनको कामनासहित हरेक महिलामा खुशी छाइरहोस् भन्ने शुभकामना दिनुभयो । उहाँले तीजको महत्व र यसको ऐतिहासिक एवं धार्मिक पक्षमा समेत प्रवचन दिनुभयो ।
राजदूत घिमिरेले शुभकामना दिँदै दूतावासको आंगनमा नेपाली चेलीहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रम एनआरएनए आइसीसी युरोप महिला संयोजक एवं नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी पूर्वअध्यक्ष प्रसुना कँडेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले गायिका ओलीलगायत कलाकारको प्रस्तुतिमा नाचेका थिए ।

नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता