
लन्डन । ब्रिटिस गोर्खा सैनिकको ‘इन्टेक २६’ का लागि नेपालबाट ३२३ जना नयाँ प्रशिक्षार्थी राइफलम्यानहरु छानिएका छन् ।
यस वर्ष १४ हजारभन्दा बढी आवेदकमध्येबाट उत्कृष्ट ३२३ जना मात्र ‘इन्टेक २६’ मा छनोटमा पर्न सफल भएका द गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ ।
३२३ जना नयाँ प्रशिक्षार्थी राइफलम्यानहरूले पोखरास्थित ब्रिटिस गोर्खा क्याम्पमा शुक्रबार आयोजित विशेष ‘अटेस्टेसन’ परेडपछि शपथ लिए । उनीहरूले बेलायती राजा चार्ल्स तृतीयप्रति बफादार रहने प्रतिबद्धता व्यक्त गरेका छन् । ब्रिटिस गोर्खा पोखराका अफिसर कमान्डिङ मेजर जेम्स हर्नबीको नेतृत्वमा परेड गठन गरिएको थियो।
अन्तिम चरणमा छनोट भएका ३२३ युवा अब केही दिनमै बेलायत प्रस्थान गर्ने जनाइएको छ । उनीहरूलाई बेलायतको क्याट्रिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टरमा ३९ हप्ताको सैन्य तालिम पूरा गरेपछि विभिन्न गोर्खा इकाईहरूमा पठाइनेछ।
लेफ्टिनेन्ट जनरल एम आर एल्भिसले समारोहको निरीक्षण गर्नुभएको थियो । प्रारम्भिक निरीक्षणपछि लेफ्टिनेन्ट जनरल एल्भिसले लामो सेवा र राम्रो आचरण पदक, दुई अपरेशनल पदक र दुई कर्णल कमान्डेन्ट ब्रिगेड अफ गोर्खाज पदक प्रदान गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेन, मेजर जनरल जेराल्ड एम स्ट्रिकल्यान्ड (कर्णल कमान्डेन्ट, ब्रिगेड अफ गोर्खाज) लगायत उच्चपदस्थ सैनिक अधिकारीहरूको सहभागिता थियो । नेपालका तर्फबाट नेपाली सेनाका मेजर जनरल भोलानाथ थापा र नेपाल प्रहरीका डिआइजी दिपेन्द्र जीसी पनि उपस्थित हुनुहुन्थ्यो ।
ब्रिटिस गोर्खाज नेपाल (बिजिएन) का गोर्खा मेजर किरण पुनले नयाँ भर्ती भएकाहरूलाई शपथ गराउनुभएको थियो ।
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने