
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न …’ बोलको गीत सार्वजनिक भएको छ ।
कवि तथा गीतकार दिनेश अधिकारीको शब्द-रचनाको उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गर्नुभएको छ ।
टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका अनेकन मनोदशालाई उजागर गरिएको छ ।
गीत र कविताको मिश्रण रहेको त्यस सृजनाले नेपाली गीत÷संगीतका स्रोतालाई एउटा फरक स्वाद दिने संगीतकार लम्सालको विश्वास छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ