
लन्डन । राजेन्द्र पुडासैनी नेतृत्वको गैर आवासीय नेपाली संघ यूके (एनआरएनए यूके) को विभिन्न निर्णय गर्दै भर्चुअल बैठक सम्पन्न भएको छ ।
गत आइतबार बसेको बैठकले बेलायतस्थित आपतमा परेका नेपालीहरुलाई सहयोग गर्न आपतकालीन कोषवृद्धिका लागि च्यारिटी गर्नेलगायत निर्णय गरेको महासचिव दिवाकर पाण्डेयले बताउनुभयो ।
१ आपतकालीन राहत कोषका लागि स्कटल्यान्ड राज्य समन्वय परिषद्, वेल्स राज्य समन्वय परिषद्, नर्दन आयरल्यान्ड समन्वय राज्य परिषद् र इंग्ल्यान्ड राज्य समन्वय परिषद्मा छुट्टा छुट्टै च्यारिटी डिनर नाइट कार्यक्रम आगामी फेब्रुअरीबाट सुरु गरिने छ ।
२ अन्तर्राष्ट्र्रिय महिला दिवसका अवसरमा लन्डन र स्कटल्यान्डमा कार्यक्रम गर्ने । महिला संयोजक बिनु लामिछानेको संयोजकत्वमा लन्डनमा ८ मार्चमा महिलाको स्वास्थ्यसम्बन्धी अन्तरक्रियासहित कार्यक्रम हुनेछ । त्यस्तै स्कटल्यान्डमा महिला उपाध्यक्ष कमला श्रेष्ठको संयोजकत्वमा ९ मार्चमा कार्यक्रम गरिने छ ।
३ ‘देश विकासमा एनआरएनएको भूमिका, उपलब्धि र सम्भावना’ विषयक अन्तर्राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता पनि गर्ने । उक्त कार्यक्रमका लागि भाषा साहित्य र संस्कृति विभाग संयोजक गोपी सापकोटालाई जिम्मा दिइएको छ । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख, ६० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ ।
४ खेलकुद क्षेत्रमा युवाहरुलाई सहभागी गराउन ‘अब खेल्छ एनआरएनए, अब दौडिन्छ एनआरएनए’ भन्ने नारासहित जुन, जुलाई र अगष्ट गरि तीन महिनामा सबै राज्यमा भलिबल, फुटबल र क्रिकेट आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमको जिम्मा एनआरएनए यूके उपाध्यक्ष तथा खेलकुद विभाग संयोजक उज्जवल कार्कीलाई दिइएको छ । आगामी २६ अप्रिलमा एनआरएनए यूकेको टिशर्ट लगाउँदै लन्डन म्याराथनमा उज्जवल कार्कीले भाग लिन्नुहुन्छ ।
५ सबै उपलब्धि र भए गरेका काम लिपिबद्ध गर्न त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी ‘थेसिस’ लेख्ने र पछि पुस्तक प्रकाशित गर्ने निर्णय पनि गरेको छ । उक्त कार्यको संयोजन अध्यक्ष पुडासैनी र भाषा साहित्य संस्कृति विभाग प्रमुख सापकोटाले गर्नुहुन्छ ।
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा