
लन्डन । तमु धीं यूकेले यस वर्षको ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी थालेको छ ।
आगामी डिसेम्बर २७ तारिख शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुने ल्होछार कार्यक्रमको तयारी सुरु भएको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार परम्परागत र सांस्कृतिक पर्व ल्होछार भव्यताका साथ मनाउने तयारी छ ।
विगतका वर्षहरूझैं तमु धीं यूकेले समुदायिक एकता, सांस्कृतिक पहिचान र परम्पराको संरक्षणलाई प्राथमिकतामा राख्दै विविध कार्यक्रमका साथ ल्होछार उत्सव आयोजना गर्न लागेको जनाएको छ ।
गुरुङ समुदायको वर्गचक्रअनुसार यस वर्ष सर्प वर्ग (त ल्हो)लाई बिदाइ गर्दै घोडा वर्गलाई स्वागत गरिनेछ। उक्त अवसरमा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू दुर्गा गुरुङ, सलामी गुरुङ र आशबहादुर गुरुङको आकर्षक सांगीतिक प्रस्तुति रहनेछ । साथै बेलायतस्थित कलाकारहरूबाट पनि विविध मनोरञ्जनात्मक प्रस्तुति राख्ने तमु धीं यूकेले जनाएको छ ।
कार्यक्रम संयोजक गुरुङले बेलायतवासी सम्पूर्ण तमु समुदायका सदस्यहरू र शुभचिन्तकहरूलाई परिवारसहित उत्सवमा सहभागी भई आफ्नै मौलिक पर्वलाई उत्साह, उमंग र एकताको भावनासाथ मनाउनका लागि निमन्त्रणा दिनुभएको छ ।
कार्यक्रमले प्रवासी गुरुङ समुदायबीच आपसी सद्भाव, संस्कृति र परम्पराप्रतिको सम्मानलाई थप सुदृढ बनाउने विश्वास आयोजकको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित