
लन्डन । बेलायतसहित ११ देशका नेपाली राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई कार्यवाहक तोकिएको छ । ती कार्यवाहक राजदूतहरुले आ-आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।
बेलायतको कार्यवाहकमा उपनियोग प्रमुख विपिन दुवाडी तोकिनुभएको छ । दुवाडीले यसअघि पनि सन् २०२४ सेप्टेम्बरदेखि २०२५ जनवरीसम्म कार्यवाहक राजदूतको भूमिका निर्वाह गरिसक्नुभएको छ ।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे सरकारले फिर्ता बोलाएसँगै मंगलबार साँझ स्वदेश प्रस्थान गर्नुभएको थियो । उहाँले नेपाल पुग्नुभएपछि राजीनामा समेत दिनुभएको परराष्ट्र स्रोतले जनाएको छ ।
यसैगरी अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूतको जिम्मेवारी परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले सम्हाल्नु हुनेछ भने चीनको कार्यवाहकमा सहसचिव रोशन खनाल रहनुभएको छ ।
जर्मनीको कार्यवाहकमा उपनियोग प्रमुख सागर फुयाल, जापानको कार्यवाहकमा उपनियोग प्रमुख हरिहरकान्त पौडेल, मलेसियाको कार्यवाहकमा उपनियोग प्रमुख मुदिता बज्राचार्य, कतारको कार्यवाहकमा उपनियोग प्रमुख कुमार राई रहनुभएको छ ।
साउदी अरेबियाको कार्यवाहकमा उपनियोग प्रमुख सिर्जना अधिकारी, स्पेनको कार्यवाहकमा उपनियोग प्रमुख पूरक अधिकारी, इजरायलको कार्यवाहकमा उपनियोग प्रमुख अधिकृत कुमारबहादुर श्रेष्ठ र रुसको कार्यवाहकमा सहचारी कसम पोखरेल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी