
काठमाडौं । अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यसपटक ज्ञानु राणा प्रस्तुत हुनुहुने भएको छ । कार्यक्रम यही आउँदो शुक्रबार र शनिबार नेपालयको ‘आर’शालामा आयोजना हुँदैछ । यो पलेँटीमा प्रसिद्ध लोक कलाकार धर्मराज थापाको सम्झना पनि गरिने भएको छ । ज्ञानु राणा कलाकार धर्मराज थापाकी सुपुत्री हुनुहुन्छ ।
आफ्नो पिताको प्रेरणाले नै गायनमा लागेको बताउने ज्ञानु राणाले आफ्ना सुपुत्र विकाश जङ्ग राणालाई समेत पलेँटीमा सहभागी गराउनुहुने भएको छ । विकाश जङ्गले धर्मराज थापाका लोकप्रिय गीतहरू सुनाउनुभएको छ । त्यसैले यसपालीको पलेँटीलाई तीनपुस्ते सृजनात्मक सङ्गमको रुपमा पनि लिन सकिन्छ ।
ज्ञानु राणाले गाएका अनगन्ती गीतहरूले लोकप्रियताको शिखर चुमेका छन् । उहाँ मुख्यगरी लोक गायनमा भिजेकी कण्ठ-शिल्पी हुनुहुन्छ तर उहाँले गाएका आधुनिक गीत, गजल र भक्ति गीत पनि उत्तिकै प्रभावशाली छन् । उहाँले प्रसिद्ध गायक नारायण गोपालसँग सह गायन गरेका ‘मान्छेको माया यहाँ’ र ‘सिरीमा सिरी नि कान्छा’ आजसम्म पनि उत्तिकै रुचाइएका गीतको लहरमा पर्छन् । त्यस्तै गोपाल योञ्जनले बुनेको अद्भूत तामाङसेलो ‘च्याङ्बा होए च्याङ्बा’ गीतलाई त अहिलेको पुस्ताले पनि उत्तिकै माया दिएको पाइन्छ ।
नारायण गोपाल र गोपाल योञ्जनका साथै उहाँले अनेकौं लोक गायकसँग पनि सह गायन गर्नुभएको छ । पलेँटीमा प्रस्तुत हुने ज्ञानु राणाका युगल गीतमा गायक रुपक चौधरीले साथ दिने हुनुभएको छ ।
यसपालीको कार्यक्रमले नेपाली सङ्गीतको स्वर्णिमकाल सम्झाउने कुरा पलेँटीका संयोजक आभासले बताउनुभएको छ । उहाँ भन्नुहुन्छ- ‘ज्ञानु दिदी नेपाली लोक गायन र आधुनिक गायनकी दोभान हुन् । यसपालीको पलेँटीमा पुरानो पुस्तालाई ‘नोस्टल्जिक’ बन्ने अवसर जुट्नेछ र नयाँ पुस्तालाई लोकप्रियताको ‘अर्ग्यानिक’ सौन्दर्यको अनुभूति गर्ने अवसर ।’
आयोजकका अनुसार यसपालीको पलेँटीमा ‘चौतारीमा मै बसे होला कि’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’, ‘आज मादल बजेको किन’, साइँली रिमै चौँरी गाई’,’हरियो डाँडामाथि’ जस्ता झण्डै डेढ दर्जन गीतहरू प्रस्तुत हुनेछन् ।
दशैँभन्दा पहिलेदेखि नै पलेँटीको तयारीमा जुटेकी ज्ञानु राणा निक्कै उत्साहित देखिनुभएको छ । आउँदो पलेँटीबारे राणा भन्नुहुन्छ- ‘मैले १४ वर्षको उमेरमा गीत गाउन थालेकी हुँ, बुवाले हात समातेर रेडियो नेपाल पुर्याएको हिजो जस्तो लाग्छ । युग पो बितिसक्यो ।’
भावुक देखिएकी ज्ञानु राणा अगाडि भन्नुहुन्छ-‘गीत धेरै गाइयो । श्रोता, दर्शकसँग अगाध माया पाइयो । गलाले साथ दिउन्जेल गाइरहने हो । पलेँटीका श्रोता, दर्शकले पनि अवस्य माया दिनुहुनेछ ।’
पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिले सुरु भएको साङ्गीतिक कार्यक्रम हो । पलेँटी कार्यक्रम यही अक्टुबर महिनाको अन्तिम शुक्रबार; ३१ तारिख र नोभेम्बर १ तारिखका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’सालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।
यसपालीको पलेँटीदेखि कार्यक्रमस्थलमा आएर प्रत्यक्ष कार्यक्रम हेर्न अनुकूल नहुने सङ्गीत प्रेमीका निम्ति नयाँ व्यवस्था सुरु गरिएको छ । विभिन्न कारणले नेपालकै अन्य क्षेत्रमा वा देशभन्दा बाहिर रहेर कार्यक्रममा प्रत्यक्ष आउन सम्भव नहुनेहरूका लागि पलेँटीको ‘पे पर भ्यू प्ल्याटफर्म’ सुरु गरिएको छ । जसअन्तर्गत सङ्गीतप्रेमीले अनलाइनबाटै निश्चित रकम तिरेर आफ्नो फोन, कम्युटर वा टेलिभिजनमा पलेँटीको प्रत्यक्ष प्रसारण (लाइभ) हेर्न पाउनुहुन्छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने