
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत–नेपाल सिधा हवाई उडानको सम्भाव्यता अध्ययन गर्न माग गरेको छ ।
एनआरएनए यूकेले मंगलबार विज्ञप्ति जारी गर्दै बेलायती सांसद ग्यारेथ थोमसले सुरु गरेको डाइरेक्ट फ्लाइट टु काठमाण्डू अभियानलाई समर्थन जाउने क्रममा उक्त आग्रह गरेको हो । संघका अध्यक्ष प्रेम गाहा मगरले भन्नुभयो, ‘सांसद थोमसको यो पहलले यूकेमा बसोबास गर्ने हजारौं नेपाली, विशेषगरी वृद्ध, विद्यार्थी र भूतपूर्व गोर्खा परिवारका लागि यात्रा सहज र सुलभ बनाउनेछ । यसले नेपाल–बेलायतबीच पर्यटन, व्यापार र जनस्तरको सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउनेछ ।’
संघका कार्यवाहक अध्यक्ष तिर्थराज मल्ल (अनिल)ले भन्नुभयो, ‘लामो ट्रान्जिट र महँगो भाडाको झन्झटबाट यात्रुहरुलाई मुक्त गर्न सिधा उडान अत्यावश्यक छ । यस्तो उडान सुरु हुनु दुवै देशका जनबीचको सम्बन्धलाई अझ नजिक ल्याउने महत्वपूर्ण कदम हुनेछ।’
त्यसैगरी, संघका महासचिव जुरेन्द्र खजुम लिम्बुले भन्नुभयो, ‘यो अभियानको सफलताले यात्राको सहजतासँगै नेपाल र बेलायतबीचको आपसी सम्बन्ध र भावनात्मक नातालाई अझ प्रगाढ बनाउनेछ ।’
संघका प्रमुख सल्लाहकार आर.के. त्रिपाठीले भन्नुभयो, ‘हामी सांसद थोमससँग प्रत्यक्ष समन्वयमा छौँ । बेलायतका प्रमुख विमानस्थलहरुबाट नेपालसम्म सीधा उडान सञ्चालनको सम्भाव्यता अध्ययन अघि बढाउन सक्रिय पहल भइरहेको छ।’
संघका प्रवक्ता डा. कुलप्रसाद कँडेलले भन्नुभयो, ‘सांसद थोमसको यो पिटिशन यूकेका नेपालीहरुको लामो प्रतीक्षा समाप्त गर्ने ऐतिहासिक कदम बन्न सक्छ । एनआरएनए यूके यस अभियानमा सक्रिय रुपमा सहभागी हुनेछ।’

आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा