
लन्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूके शाखाले स्थापना गरेको ‘फोनिज युके पत्रकारिता सम्मान २०२५’बाट दुई जना पत्रकार सम्मानित र पुरस्कृत हुनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले २६ औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकार आश गुरुङलाई र डोल्मा शेर्पालाई पुरस्कृत गरिएको हो । उहाँहरुलाई सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, फोनिजका अध्यक्ष लोकबहादुर चौधरी (लक्की), खेलकुदमन्त्री तेजुलाल चौधरी, पूर्वराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलगायतले फूलमाला, खदा, दोसल्ला ओढाउँदै सम्मानपत्र र नगदसहित अवार्ड प्रदान गर्नुभएको हो । गुरुङलाई २५ हजार र शेर्पालाई २० हजार राशि र प्रमाणपत्र प्रदान गरिएको छ ।
पत्रकारिताको माध्यमबाट नेपालका आदिवासी जनजाति समुदायको इतिहास, भाषा, संस्कार, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण, प्रवर्द्धन र अभिलेखीकरणमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै, साथै आदिवासी जनजातिको पहिचान र अधिकार सुनिश्चित गर्न निर्वाह गरेको सक्रिय भूमिका र समर्पणलाई सम्मान गर्दै ‘फोनिज यूके पत्रकारिता सम्मान–२०२५’ प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
गुरुङ र शेर्पासहित १२ जना पत्रकारलाई फोनिज राष्ट्रिय अवार्ड २०८२ प्रदान गरेको छ । फोनिज मलेसिया समितिबाट पत्रकार सपना थामी र ज्ञानेन्द्र तामाङलाई सम्मान र पुरस्कृत गरिएको छ । पत्रकार पूर्णबहादुर मगरलाई फोनिज बागमती प्रदेश समितिबाट पुरस्कृत गरिएको छ । यस्तै, पत्रकार मच्छेदेवी गुरुङलाई फोनिज राष्ट्रिय पत्रकारिता प्रवास सम्मान प्रदान गरिएको छ । पत्रकार गजुरधन राई र अमरध्वज लामालाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
राजवंशी भाषाको त्रैमासिक पत्रिका कोचिला सामदलाई फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान प्रदान गरिएको छ । पत्रकार सविन प्रियासन, मुनेश लायो मगर र बन्दना दनुवारलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पत्रकारिता क्षेत्रमा समावेशी अभ्यास, समुदायको आवाजलाई मुख्यधारमा ल्याउन, आदिवासी जनजातिको हक, अधिकारका सवालमा फोनिजकर्मीहरु अघि बढ्न सुझाउनुभयो ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो