
लन्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूके शाखाले स्थापना गरेको ‘फोनिज युके पत्रकारिता सम्मान २०२५’बाट दुई जना पत्रकार सम्मानित र पुरस्कृत हुनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले २६ औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकार आश गुरुङलाई र डोल्मा शेर्पालाई पुरस्कृत गरिएको हो । उहाँहरुलाई सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, फोनिजका अध्यक्ष लोकबहादुर चौधरी (लक्की), खेलकुदमन्त्री तेजुलाल चौधरी, पूर्वराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलगायतले फूलमाला, खदा, दोसल्ला ओढाउँदै सम्मानपत्र र नगदसहित अवार्ड प्रदान गर्नुभएको हो । गुरुङलाई २५ हजार र शेर्पालाई २० हजार राशि र प्रमाणपत्र प्रदान गरिएको छ ।
पत्रकारिताको माध्यमबाट नेपालका आदिवासी जनजाति समुदायको इतिहास, भाषा, संस्कार, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण, प्रवर्द्धन र अभिलेखीकरणमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै, साथै आदिवासी जनजातिको पहिचान र अधिकार सुनिश्चित गर्न निर्वाह गरेको सक्रिय भूमिका र समर्पणलाई सम्मान गर्दै ‘फोनिज यूके पत्रकारिता सम्मान–२०२५’ प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
गुरुङ र शेर्पासहित १२ जना पत्रकारलाई फोनिज राष्ट्रिय अवार्ड २०८२ प्रदान गरेको छ । फोनिज मलेसिया समितिबाट पत्रकार सपना थामी र ज्ञानेन्द्र तामाङलाई सम्मान र पुरस्कृत गरिएको छ । पत्रकार पूर्णबहादुर मगरलाई फोनिज बागमती प्रदेश समितिबाट पुरस्कृत गरिएको छ । यस्तै, पत्रकार मच्छेदेवी गुरुङलाई फोनिज राष्ट्रिय पत्रकारिता प्रवास सम्मान प्रदान गरिएको छ । पत्रकार गजुरधन राई र अमरध्वज लामालाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
राजवंशी भाषाको त्रैमासिक पत्रिका कोचिला सामदलाई फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान प्रदान गरिएको छ । पत्रकार सविन प्रियासन, मुनेश लायो मगर र बन्दना दनुवारलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पत्रकारिता क्षेत्रमा समावेशी अभ्यास, समुदायको आवाजलाई मुख्यधारमा ल्याउन, आदिवासी जनजातिको हक, अधिकारका सवालमा फोनिजकर्मीहरु अघि बढ्न सुझाउनुभयो ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा