
लन्डन । गुल्मी जिल्ला समाज यूकेको १७ औं वार्षिक भेला हर्षोल्लासका साथ सम्पन्न भएको छ ।
बेलायतको फेल्थामको ट्युडोर पार्क मैदानमा आइतबार ३ अगस्ट २०२५ मा अध्यक्ष रुद्र थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, सम्मानसहित कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको आकर्षणको रुपमा रहेको गुल्मेली नौमती बाजाको धुन, नेपालबाट आएका कलाकारहरुको बेजोड प्रस्तुतिले सहभागीहरु झुमेर नाचेका थिए ।
कार्यक्रममा प्रमुख आतिथि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी हुनुहुन्थ्यो । उहाँले कार्यक्रममा सम्बोधन गर्दै गुल्मेलीहरुको उल्लासमय जमघट र परोपकारी कार्यले आफूलाई प्रभावित पारेको बताउनुभयो । उहाँले गुल्मी कला र संस्कृतिको क्षेत्रमा देशकै अगाडि रहेको दाबी गर्नुहुँदै समृद्धि र पहिचानको मूलस्रोतका रूपमा स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको स्पष्ट गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी राधिका दाशीले श्लोक र प्रवचनमार्फत मन्तव्य दिँदै कार्यक्रमलाई आध्यात्मिक ऊर्जा प्रदान गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि एनआरएन यूके अध्यक्ष प्रेम गाहा मगर, कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा, गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष ओम प्रकाश थापा काउछालगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम संयोजक क्याप्टेन ताम ढेगाले कार्यक्रममा सहभागी कलाकार, सांस्कृतिक कार्यक्रमदेखि क्याटरिङ र व्यवस्थापनका सबै पक्षलाई धन्यवाद दिनुभयो । महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति उपाध्यक्ष मन्जु भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रमको संयोजन तथा संचालन समाजका सांस्कृतिक सचिव दिपक मैथाने मगरले गर्नुभएको थियो । सुनका गरगहना पुरस्कारसहितको राफल ड्र कार्यक्रमको विशेष आकर्षण बनेको थियो ।
अध्यक्ष रुद्र थापामगरले कार्यक्रम हर्षोल्लासमय वातावरणमा सम्पन्न भएको भन्दै कार्यक्रम तयारीमा खटिने कार्यमितिका साथीहरु, संस्थापक अध्यक्ष ओम थापा काउछासहित पूर्वअध्यक्षहरु, ट्रस्टी, सल्लाहकार, संस्थाको निमन्त्रणालाई स्विकारी बाहिरी संघसंस्थाबाट उपस्थित पाहुना, प्रायोजक, कलाकार, झाँकी प्रदर्शन टोली, व्यापारिक स्टल सञ्चालक, खाना प्रबन्ध, मिडियाकर्मीसहित यूकेमा बस्ने गुल्मीलाई धन्यवाद दिनुभयो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने