
लन्डन । बेलायतमा डा बच्चु कैलाश कैनीको अध्यक्षतामा लेबर पार्टीको शुभेच्छुक संस्थाको रुपमा ‘नेपाली फर लेबर’ गठन भएको छ । नवगठित उक्त संस्थाको उपाध्यक्षमा बिकास चुडाल, सचिवमा सोलिसिटर दिपक भट्टराई र कोषाध्यक्षमा अंकिता ढकाल रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा जीत रानाभाट, पुण्य रेग्मी, लक्ष्मी गुरुङ, राजन खकुराल, राम बगाले, कृष्ण भण्डारी, बिपिन निरौला र दिनेश घिमिरे हुनुहुन्छ ।
बेलायतमा कुनै एक राजनीतिक दल आबद्ध एक समुदाय वा कुनै देशका प्रवासी समुदायका मानिसहरु मिलेर आफ्नो राजनीतिक दल निकट शुभेच्छुक संस्था बनाउने प्रचलन छ। बेलायतमा उल्लेख्य संख्यामा लेबर पार्टीका सदस्य र शुभेच्छुक रहेको अनुमान गरिएको छ । बेलायतमा नेपाली मूलका १० भन्दा बढी व्यक्तित्व लेबर दलको सदस्य हुँदै स्थानीय निकायमा जनप्रतिनिधि समेत चुनिएका छन् । यो संस्थामा बेलायतमा बसोबास गर्ने नेपाली, जो बेलायतको लेबर पार्टीको सदस्य वा शुभेच्छुक छन्, उनीहरु जोडिन र आबद्ध हुन सक्ने जनाइएको छ ।
यो संस्थाको उद्देश्य लेबर पार्टीमा सामेल हुन र सक्रिय रूपमा भाग लिन नेपालीहरूलाई प्रोत्साहित गर्ने, नेपाली समुदायमा लेबर पार्टीको लागि चुनावी समर्थन बढाउने, नेपाली समुदायको चासोका विषयहरू लेबर पार्टीभित्र प्रवर्द्धन गर्ने, स्थानीय, क्षेत्रीय र राष्ट्रिय चुनावमा नेपाली प्रतिनिधित्वलाई समर्थन र प्रवर्द्धन गर्ने र लेबर पार्टीभित्र नेपाल-बेलायत सुदृढ सम्बन्धको वकालत गर्ने रहेको डा कैनीले बताउनुभयो ।
बेलायतको सत्तारुढ लेबर पार्टीका सदस्य र शुभेच्छुकहरु यो संस्थामा आबद्ध हुन सक्ने डा कैनीले जानकारी दिनुभयो । छिट्टै कार्यसमितिको बैठक बसेर कार्यसमिति विस्तार गर्नुका साथै विभिन्न विभागहरु पनि गठन गरिने डा कैनीले बताउनुभयो ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा