
लन्डन । बेलायतमा डा बच्चु कैलाश कैनीको अध्यक्षतामा लेबर पार्टीको शुभेच्छुक संस्थाको रुपमा ‘नेपाली फर लेबर’ गठन भएको छ । नवगठित उक्त संस्थाको उपाध्यक्षमा बिकास चुडाल, सचिवमा सोलिसिटर दिपक भट्टराई र कोषाध्यक्षमा अंकिता ढकाल रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा जीत रानाभाट, पुण्य रेग्मी, लक्ष्मी गुरुङ, राजन खकुराल, राम बगाले, कृष्ण भण्डारी, बिपिन निरौला र दिनेश घिमिरे हुनुहुन्छ ।
बेलायतमा कुनै एक राजनीतिक दल आबद्ध एक समुदाय वा कुनै देशका प्रवासी समुदायका मानिसहरु मिलेर आफ्नो राजनीतिक दल निकट शुभेच्छुक संस्था बनाउने प्रचलन छ। बेलायतमा उल्लेख्य संख्यामा लेबर पार्टीका सदस्य र शुभेच्छुक रहेको अनुमान गरिएको छ । बेलायतमा नेपाली मूलका १० भन्दा बढी व्यक्तित्व लेबर दलको सदस्य हुँदै स्थानीय निकायमा जनप्रतिनिधि समेत चुनिएका छन् । यो संस्थामा बेलायतमा बसोबास गर्ने नेपाली, जो बेलायतको लेबर पार्टीको सदस्य वा शुभेच्छुक छन्, उनीहरु जोडिन र आबद्ध हुन सक्ने जनाइएको छ ।
यो संस्थाको उद्देश्य लेबर पार्टीमा सामेल हुन र सक्रिय रूपमा भाग लिन नेपालीहरूलाई प्रोत्साहित गर्ने, नेपाली समुदायमा लेबर पार्टीको लागि चुनावी समर्थन बढाउने, नेपाली समुदायको चासोका विषयहरू लेबर पार्टीभित्र प्रवर्द्धन गर्ने, स्थानीय, क्षेत्रीय र राष्ट्रिय चुनावमा नेपाली प्रतिनिधित्वलाई समर्थन र प्रवर्द्धन गर्ने र लेबर पार्टीभित्र नेपाल-बेलायत सुदृढ सम्बन्धको वकालत गर्ने रहेको डा कैनीले बताउनुभयो ।
बेलायतको सत्तारुढ लेबर पार्टीका सदस्य र शुभेच्छुकहरु यो संस्थामा आबद्ध हुन सक्ने डा कैनीले जानकारी दिनुभयो । छिट्टै कार्यसमितिको बैठक बसेर कार्यसमिति विस्तार गर्नुका साथै विभिन्न विभागहरु पनि गठन गरिने डा कैनीले बताउनुभयो ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श