
लन्डन । नेप्लिज ड्राइभिङ्ग इन्स्ट्रक्टर एसोसिएसन यूकेको अध्यक्षमा होमराज विष्ट चयन हुनुभएको छ । हाइवेकमको डल्फिन आइ रेस्टुरेन्टमा २५ अगस्ट सोमबार आयोजित (एनडीआईए) यूकेको चौथो अधिवेशनले विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिका उपाध्यक्षहरुमा माधव कार्की र निर्मल श्रीस, महासचिव कृष्ण बस्याल, सहसचिव रामचन्द्र गुरुङ, कोषाध्यक्ष पूर्ण श्रीस थापा र सहकोषाध्यक्षमा गोप सिंजाली मगर चयन हुनुभएको छ ।
सदस्यहरुमा रवि अधिकारी, लोक थलङ, राम खान र मिडिया सचिवमा नगेन्द्र नेम्बाङ चुनिनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका सचिव प्रकाश राहुतले शपथग्रहण गराउनुभएको थियो ।
कार्यसमिति चयनका लागि पूर्वअध्यक्ष होम रानाको अध्यक्षता, सचिव एडीएस ड्राइभिङ् संस्थापक अध्यक्ष प्रकाश राहुत र सदस्य राजु श्रेष्ठ रहेको निर्वाचन समिति रहेको थियो । त्यसअघि अधिवेशन प्रमुख अतिथि डिफेन्सिभ ड्राइभिङ् इक्जामिनर बसन्त गुरुङ र अध्यक्ष क्याप्टेन (रिटायर्ड) ताम ढेगाले पानसमा दिप प्रज्वलन गरी अधिवेशन उद्घाटन गर्नुभएको थियो । महासचिव तेज पुनले कार्यकालभरको कार्यप्रतिवेदन र कोषाध्यक्ष निर्मल श्रीसले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनहरु अधिवेशनले सर्वसम्मतिले पारित गर्यो । कार्यक्रमको पहिलो चरणमा सचिव तेज पुनले कार्यक्रममा अपनाउनु पर्ने हेल्थ एन्ड सेफ्टीसम्बन्धी जानकारी प्रस्तुत गर्नुभएको थियो।
अध्यक्ष ढेगा, प्रमुख अतिथि गुरुङ र निर्वाचन मण्डल अध्यक्ष रानाले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष होमराज विष्टले निर्वाचन मण्डल र निवर्तमान कार्यसमितिलाई सफल अधिवेशन सम्पन्न गराएकोमा धन्यवाद दिँदै संस्थाको भावी योजनाहरु प्रस्तुत गर्नुभयो ।
नेपालबाट आएका कलाकारद्वय डान्सर अस्मिता पुरीले नेपाली तथा हिन्दी गीतहरूमा नृत्य प्रस्तुत गर्नुभएको थियो भने गायिका अनुपा रोकाले लोक तथा दोहोरी गीतहरू गाएर उपस्थित महानुभावहरुलाई भरपूर मनोरञ्जन दिनुभयो ।
क्याप्टेन (रिटायर्ड) ताम ढेगाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत मन्तव्य माधव कार्कीले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव तेज पुनले गर्नुभएको थियो ।
कलाकारद्वयलाई मायाको चिनो स्वरूप प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गरिएको थियो। कलाकारद्वयलाई मायाको चिनो स्वरुप प्रशङ्सापत्रसहित खादा ओडाइ सम्मान गरिएको थियो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने