
लन्डन । बेलायतस्थित केम्पटन पार्क रेस कोर्समा आइतबार भव्य रुपमा नेपाली मेला सम्पन्न भएको छ । तमुधिं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा नेपाली मेला सम्पन्न भएको हो ।
मेलामा बेलायतका ४४ नेपाली संघसंस्थाले सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए । झाँकीमा नेपालका विभिन्न जातजातीको परम्परागत भेषभूषा, नाचगान र संस्कृतिको झल्को देखिएको थियो । करिब १३ हजार दर्शक सहभागी रहेको मेलामा ७५ वटा स्टलमार्फत नेपाली खाना, च्यारिटी र व्यापारिक सामग्रीको बिक्री गरिएको थियो ।
मेलामा पासा पुचः गुथि यूकेले झाँकी र नृत्य दुवैमा उत्कृष्ट प्रस्तुति दिँदै एम्बासडर कप जित्यो । उसले ११ सय पाउन्ड पुरस्कार जित्यो । मगर संघ यूके र किरात याक्थुङ चुम्लुङ यूके पनि पुरस्कार विजेतामा परे ।
उत्कृष्ट सांस्कृतिक नृत्य प्रतियोगितामा ४० जना डान्सरहरुको घिन्ताङ घिसी (लट्ठी जुधाएर गरिने नाच)बाट पासा पुचः गुथि यूके प्रथम भयो भने तनहुँ समाज यूके दोस्रो र किरात याक्थुङ चुम्लुङ यूके तृतीय भए ।

मेलाको अवसरमा तमुधीं यूकेले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, गण्डकी प्रदेश सांसद बेदप्रसाद गुरुङ, खेलाडीहरु सरिना रानी घले र संगम गुरुङ, कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, नेपाली लिंक (नवीन पोखरेल, ध्रुव राज अर्याल, नरेन्द्र बस्नेत), गोर्खा मिडिया मिलन तमु र प्रकाश गुरुङलाई खादा, फेटा र प्रमाणपत्रले सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले सन् २००९ देखि सुरु मेलाले नेपालीको मन, मुटु र नेपालको सांस्कृतिक विविधता यूके ल्याएको उल्लेख गर्नुभयो ।
उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले नेपाली मेलाले राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’को भावनालाई प्रतिनिधित्व गरेको बताउनुभयो ।
तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेलाको १६औं संस्करणलाई ऐतिहासिक रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्नुभयो ।
मेला संयोजक तमुधिं यूके उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य दिँदै सहयोगी सबैलाई धन्यवाद दिनुभयो । उहाँले नेपाली मेलामार्फत विदेशमा हुर्किएको नेपालीको नयाँ पुस्ता र विदेशी समुदायमाझ समेत नेपाली कला, संस्कृति प्रवर्द्धनको लक्ष्य राखिएको बताउनुभयो ।
अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको औपचारिक सत्र महासचिव डा विशाल गुरुङले सञ्चालन गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रम सूर्य गुरुङ, दुर्गा गुरुङ, योगेश गुरुङ लगायतले सञ्चालन गर्नुभएको थियो ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा