
लन्डन । नेपालबाट बेलायत भ्रमणमा आउनुभएकी गायिका पवित्र गुरुङको यही ३१ अगस्टमा एकल साँझ हुने भएको छ ।
गोर्खा मिडियाको आयोजनामा “अ म्युजिकल सोलो विथ पवित्र गुरुङ र डीएमटी ब्यान्ड च्यारिटी नाइट” हुन लागेको हो । पवित्र गुरुङले आफ्नो बाल्यकालको विद्यालय, नुवाकोटको गोल्फुभन्ज्याङ माध्यमिक विद्यालयका लागि सहयोग जुटाउने उद्देश्यले यो परोपकारी सांगीतिक कार्यक्रम गर्न लाग्नुभएको आयोजकले जनाएको छ । कार्यक्रम तयारी पूरा हुने चरणमा रहेको समेत आयोजकले जनाएको छ ।
कार्यक्रममा पवित्राले स्वरसम्राट नारायण गोपाल, अरुणा लामा, तारा देवी, भक्तराज आचार्य, अरुण थापा जस्ता नेपाली सांगीतिक हस्तीहरूको कालजयी गीतहरू प्रस्तुत गर्नुहुनेछ भने केही नयाँ र आधुनिक गीतहरू पनि समावेश गरिने आयोजकले जनाएका छन् ।
कार्यक्रमको सञ्चालन गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङले गर्नुहुनेछ । नुवाकोट, दुप्चेश्वर गाउँपालिका ४ जन्मेका पवित्र गुरुङ हाल दोस्रोपटक बेलायत भ्रमणमा हुनुहुन्छ ।
पवित्रा गुरुङ, नेपाली र हिन्दी गीतहरू सजिलै गाउन सक्ने उहाँ शास्त्रीय संगीतप्रति विशेष रुचि राख्नुहुन्छ । “नुमा”, “नैना”, “रीपा”, “उज्यालो”, “क्योँई साँ”, “टुहुरी” र “मुख्या” जस्ता चलचित्रहरूमा पार्श्वगायिकाको रुपमा स्वर दिएर उहाँले दर्शक तथा श्रोताको मन जित्न सफल हुनुभएको छ ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित