
काठमाडौं । यही शुक्रबार र शनिबार नेपालयको ‘आर’सालामा सङ्गीतकार न्ह्यू बज्राचार्यको पलेँटी सम्पन्न भएको छ । झण्डै २ घण्टासम्म चलेको पलेँटीमा बज्राचार्यले सङ्गीत दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो ।
गीटार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो । उहाँले आफ्नो साङ्गीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको पहिले गीत सुनाउदा उहाँले केहीवर्ष पहिले दिवंगत भएकी स्वरशिल्पी लासमित राईको सम्झना गर्नुभएको थियो । लासमितको स्वरमा रेकर्ड भएको ‘नआऊ सपनाभरि’ सङ्गीतकारको आवाजमा सुन्दा दर्शकहरूमा भिन्दै रौनकता फैलिएको थियो ।
त्यसपछि उहाँले गीतकार दिनेश अधिकारीसँगको पहिलो भेटको सम्झना सुनाउँदै ‘अघिअघि जिन्दगी’ गाउनुभएको थियो । तेस्रो प्रस्तुतिमा गीतकार विप्लब प्रतीकको काव्यात्मक गीत ‘एउटी सानी परी’ रहेको थियो । यसपालीको कार्यक्रमलाई कवि विप्लबले नै सञ्चालन गर्नुभएको थियो । सोलो गीटार बजाउँदै प्रस्तुत भएका न्ह्यूले जब रमण घिमिरेको शब्द ‘आधीबाटो हिंडेपछि’ सम्पन्न गर्नुभयो त्यसपछि कार्यक्रमले दोस्रो चरण प्रवेश गर्यो ।
कार्यक्रमको दोस्रो चरणमा बानिका प्रधानको स्वर गुञ्जेको थियो । उहाँले अरुणा लामाको स्वरमा रेकर्ड भएको ‘यो मन त तलाउ हो’लाई कुशलता पूर्वक प्रस्तुत गर्नुभएको थियो । राजेन्द्र थापाको यस गीतपछि बानिकाले बिभिन्न चरणमा ‘तिमी बाहेक’, ‘खाटा बसेछ’, ‘ए ऐना’, र ‘छाएछ बसन्त’ बोलका गीतहरू प्रस्तुत गर्नुभएको थियो । न्ह्यूका धुनमा दुर्गालाल श्रेष्ठ, बसन्त चौधरी, मञ्जु लामा, भूषण खरेल, गोपाल प्याकुरेल, मदन कृष्ण श्रेष्ठ, क्षेत्रप्रताप अधीकारी र सुरेश स्थापितका शब्दहरू समेटिएका थिए । कार्यक्रममा न्ह्यू आफैँले लेखेका गीतहरू पनि प्रस्तुत गर्नुभएको थियो ।
बानिका प्रधानको गायनलाई सङ्गीतकार न्ह्यू बज्राचार्यका साथै पलेँटीका दर्शकहरूले मुग्ध कण्ठले प्रसंसा गर्नुभएको थियो ।
कार्यक्रमको अर्को चरणमा न्ह्यूले पूर्ण वाद्यवादनका साथ केही गीतहरू सुनाउनुभएको थियो । जसमा ‘मेरो प्यारो’, ‘पागल’, ‘अरबौं मान्छेहरूमा’, ‘जय होस्’ बोलका गीतहरू रहेका थिए । आनी छोइङको स्वरमा लोकप्रिय बनेको ‘फूलको आँखामा’ गीतलाई न्ह्यूले नेपाली र नेवारी भाषामा मिस्रित गरेर गाउनुभएको थियो ।
यसपालीको पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, तबलामा सम्भु बानियाँ, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारशमणि सुबेदी, गिटारमा लुमन स्थापित र बेस गिटारमा सुदीप खत्रीको साथ रहेको थियो ।
शुक्रबारको पलेँटी हेरेर बाहिरिँदै गरेका गायक शेषनारायणको प्रतिक्रिया सुनिन्थ्यो- ‘न्ह्यूका गीतहरूलाई पलेँटीमा कसरी प्याकेजिङ गरिन्छ होला भन्ने जिज्ञासा थियो; त्यो मेटियो मात्र होइन; गज्जबको प्रस्तुति भयो । दामी कार्यक्रम ।’
‘आजको साँझ अविष्मरणी साँझ रह्यो । न्ह्यूको सङ्गीत त सुन्दर छँदैछ; उसको सेन्स अफ ह्युमरले कार्यक्रमलाई झन् रोचक बनायो ।’ यसपालीको पलेँटी सञ्चालन गरिरहेका कवि तथा गीतकार विप्लब प्रतीकको प्रतिक्रिया थियो ।
आगामी अगष्ट महिनाको पलेँटीमा सङ्गीतकार तथा गायक रामकृष्ण दुवाललाई निम्त्याइएको जानकारी पलेँटी संयोजक आभासले गराउनुभएको छ । रामकृष्ण दुवाल लामो समयदेखि नेपाल भाषा र नेपाली भाषाका गीत, सङ्गीतमा क्रियाशील कलाकार हुनुहुन्छ ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो