
लन्डन । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुखले बेलायत सरकारलाई ‘प्यालेस्टाइन एक्सन’ नामक अभियान समूहमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन अनुरोध गर्नुभएको छ । उहाँले उक्त निर्णय अत्यधिक र अनावश्यक देखिएको टिप्पणी गर्नुभएको छ ।
बेलायतले आतंकवादसम्बन्धी सन् २००० को ऐन अन्तर्गत सो समूहमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाउने निर्णय त्यसपछि आएको हो, जब सो समूहका केही सदस्यहरूले दक्षिण इंग्ल्यान्डस्थित एक वायुसेना आधार शिविरमा प्रवेश गरी दुई विमानमा रातो रङ छ्यापेका थिए, जसबाट अनुमानित ९५ लाख अमुरिकी डलर बराबरको क्षति भएको बताइएको छ ।
मानव अधिकार प्रमुख भोल्कर टर्कले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ,“यस किसिमको कानुनी कदमले आतंकवादविरुद्धको कानुन त्यस्ता गतिविधिमा प्रयोग गरिएको देखिन्छ, जुन वास्तविक रूपमा आतंककारी मानिँदैनन् । यसले बेलायतमा अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारमा असर गर्न सक्छ ।” उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आतंकवादी कार्य भन्नाले ज्यान जाने, गम्भीर चोटपटक पु¥याउने वा बन्धक बनाउने किसिमका आपराधिक गतिविधिहरूलाई मात्र बुझिनुपर्ने स्पष्ट पार्नुभयो ।
यो प्रतिबन्धपछि अब सो समूहको सदस्य हुनु, समर्थन गर्नु वा समर्थन गरेको भान पार्ने किसिमको लुगा लगाउनु पनि कानुनविपरीत हुने बताइएको छ । यस्ता कार्यमा संलग्न पाइएमा व्यक्तिलाई अधिकतम १४ वर्षसम्मको जेल सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार प्रतिबन्ध लागू भएयता बेलायतमा शान्तिपूर्ण प्रदर्शनका क्रममा २०० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् । प्यालेस्टाइन एक्सन समूहले पनि उक्त प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भन्दै विरोध जनाएको छ ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा