
लन्डन । बौद्ध भिक्षुको जीवनीमा आधारित ‘सुपर मोङ्क’ र ‘इयर अफ दी बर्ड’ नामक धार्मिक चलचित्र प्रदर्शनबाट ३ हजार ४ सय ६७ पाउन्ड च्यारिटी संकलन भएको छ । गत १७ जुलाई बिहीबार बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके लन्डन ब्रान्चको हाउजिङ्ग प्रोजेक्टलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले अल्डरसटस्थित एम्पायर हलमा दुवै चलचित्र प्रदर्शन गरिएको हो ।
गत एक वर्षदेखि बीसीसी यूकेको अल्डरसटस्थित गुम्बाको प्रमुख लामाको रुपमा कार्यरत खेन्पो सेनाङ्ग ग्याम्जोद्वारा निर्देशित दुवै छोटो चलचित्र बौद्ध धर्म गुरुहरूको जीवन कथामा आधारित छ । चलचित्र छोटो तर आत्मस्पर्षी र ज्ञानवर्दक रहेको दर्शकहरु बताउनुहुन्छ । सानो उमेरदेखि बौद्ध गुम्बामा रहेर विभिन्न चरण पार गर्दै कसरी सुपर मोङ्क बन्छ भन्ने विषय कथामा समावेश छ । साथसाथै, उक्त दुवै चलचित्रले थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिई विभिन्न पुरस्कार समेत जितिसकेको बताइएको छ । उक्त दुवै चलचित्रले धर्म गुरुहरूको जीवनीलाई स्पष्ट रुपमा प्रस्तुत गरिएको र अत्यन्त मनोरम दृश्यहरु समेटिएको बताउँदै चलचित्र उत्कृष्ट बनेको दर्शकहरुको भनाई थियो ।
तमुधीं युकेका अध्यक्ष जुमकाजी गुरुङको विशेष उपस्थितिमा प्रदर्शनको सुरुवातमा निर्देशक खेन्पो ग्याम्जोले उद्देश्य, चलचित्र निर्माण, कथावस्तुबारे जानकारी गराउनुभएको थियो । चलचित्र प्रदर्शनबाट संकलित रकम बीसीसी यूके लन्डन ब्रान्चले आइतबार २० जुलाईका दिन हालै खरिद गरेको भवनमा आयोजना गर्न लागिएको झिन्सेक पूजाको क्रममा ब्रान्चलाई हस्तान्तरण गरिने बीसीसी यूकेका उपाध्यक्ष मेजर हितमान गुरुङले जानकारी दिनुभएको छ ।
स्मरण रहोस्, बीसीसी युकेको लन्डन ब्रान्चले हालै करिब ८ लाख पाउन्डको लागतमा भवन खरिद गरेको छ । उक्त भवनलाई बौद्ध गुम्बामा परिणत गर्न लागिएको छ । बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पा, आमा प्रमुख जगना गुरुङ, बीसीसी युके चीफ सल्लाहकार मेजर खुसीमान गुरुङ, लन्डन ब्रान्चका चीफ सल्लाहकार लेप्टेन नारायण गुरुङ बिई , सल्लाहकारहरु, ट्रष्टीज मेम्बर्सहरु, बीसीसी युकेका पदाधिकारीहरु, आमा समूहका सबै पदाधिकारीहरू , आमाहरु, भक्तजन, शुभचिन्तकलगायत दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्रको औपचारिक कार्यक्रमलाई बीसीसी यूकेका महासचिव मेजर कुमार गुरुङ एमभिओले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराउँदै औपचारिक कार्यक्रमको संचालन गर्नुभएको थियो ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?