
लन्डन । नेपाली संगीत क्षेत्रमा अर्को नयाँ चुट्का गीत यूके लन्डन सार्वजनिक भएको छ।
दीप गुरुङको निर्देशनमा तयार गरिएको भिडियो दीप गुरुङ अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक दीपक गुरुङको आवाज रहेको छ ।
गीतको शब्द यूनिक थापा मगरले लेख्नुभएको हो भने संगीत गायक दीपक गुरुङकै रहेको छ । गीतको एरेञ्ज विशाल निरौलाले गर्नुभएको हो भने मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गर्नुभएको छ । अडियो रेकर्डिङ त्रिवेणी डिजिटल स्टुडियोमा गरिएको हो।
गीतको भिडियो पनि उत्तिकै आकर्षक छ । आनन्द गुरुङ र लक्ष्मी थापा मगरको अभिनय भिडियोमा देख्न सकिन्छ । भिडियोलाई अझ जीवन्त बनाउन कोरियोग्राफर आशिष गुरुङ, छायांकनकर्ता बिजय लामा, सम्पादक पदम सुवेदी र मेकअप आर्टिस्ट हेमा गुरुङको विशेष योगदान रहेको छ ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’