
काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को ३५ औँ स्थापना दिवस मनाइएको छ । उपसभापति जीतबहादुर राईको अध्यक्षता र कानुनविद् डा. गोपाल शिवाकोटी ‘चिन्तन’को प्रमुख आतिथ्यतामा शनिबार काठमाडौंमा एक कार्यक्रमबीच गेसोको स्थापना दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कानुनविद् शिवाकोटीले गोरखा आन्दोलनको सुरुवाती, गोरखा मुद्दा कसरी बेलायती अदालतसम्म पुर्याइयो भन्ने विषयमा बोल्नुभएको थियो । उहाँले बेलायती अदालतमा मुद्दा दर्ता गर्न आवश्यक कागजात उपलब्ध गराएर बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपीले गोर्खाहरुलाई ठूलो गुन लगाएको स्मरण गराउनुभयो ।
यस्तै उपसभापति जीतबहादुर राईले दुई देशका सरकारबीच भइरहेको वार्ता र भावी योजनाका बारेमा धारणा राख्नुभयो । कार्यक्रममा संघका सभापति कृष्णकुमार राईले बेलायतबाट पठाउनुभएको शुभकामना सन्देश उहाँले वाचन गर्नुभएको थियो । सभापति राईले विगतमा गेसोले विभिन्न उपलब्धि हासिल गर्न गरेको प्रयासबारे उल्लेख गर्दै स्थापना दिवसका अवसरमा बेलायतस्थित गोर्खा अभियन्ताहरूलाई सम्झिँदै सबैको योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
आफू स्थापना दिवसमा सहभागी हुने चाहना हुँदाहुँदै पनि बेलायत सरकारसँगको वार्ताका लागि बेलायतमै बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले गेसोले अझ बढी उपलब्धिमूलक संघर्ष गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
यस्तै गेसोका काठमाडौं र ललितपुर जिल्ला समिति सभापतिद्वय सुनिता गुरुङ र इन्द्रकुमारी राईले संस्थाको स्थापना दिवसको बारेमा आफ्ना विचार राख्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैले प्राप्त उपलब्धिलाई गेसोको सम्पत्तिको रुपमा ग्रहण गर्ने र भावी कार्यक्रमहरुलाई जी टेनमार्फत छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका कार्यवहाक सभापति जीतबहादुर राईद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रम उपमहासचिव बुद्धिराज राईले सञ्चालन गर्नुभएको थियो । साथै उपस्थितलाई खानपिनको व्यवस्था कोषाध्यक्ष सहरमान तामाङले गर्नुभएको थियो ।

बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे