
लन्डन । नेकपा एमाले महासचिव शंकर पोखरेलले बेलायतको नेपाली डायस्पोरालाई नेपालको समृद्धिमा सहभागी हुन अपिल गर्नुभएको छ ।
पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलको सम्मानमा नेपाली दूतावास लन्डनले मंगलबार साँझ आयोजना गरेको रिसेप्सनमा उहाँले नेपालमा लगानी लैजान आग्रह गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका उहाँले नेपालमा नयाँ व्यवस्था गणतन्त्रले हरेक मानिसको जीवनमा परिवर्तन ल्याए पनि उनीहरु त्यसलाई अभिव्यक्त गर्न हिच्किचाइरहेका दाबी गर्नुभयो ।
‘पञ्चायतकालसम्म सडक सञ्जाल जम्मा ८ हजार किलोमिटर थियो, अहिले एक लाख १० हजार किमि पुगेको छ । केन्द्र सरकारले बनाएको सडक सञ्जाल जम्मा ४३ हजार किमि छ । ६७ हजार किमि सडक प्रदेश र स्थानीय तहले बनाएका छन् । लोकतन्त्र, संघीयताले के दियो भन्ने जवाफ त यसले दिन्छ होला नि ?’
राजनीतिक अस्थिरताले देश विकास हुन नसक्ने भन्नुहुँदै उहाँले अहिले देश समृद्धितिर अगाडि बढिरहेको बताउनुभयो । उहाँले दक्षिण एसियामा जलविद्युत् आयोजना सुरु गर्ने पहिलो मुलुक नेपाल भएको स्मरण गर्नुभयो ।
‘पञ्चायतको अन्तिम समयसम्म बिजुली प्रयोग गर्ने संख्या ८ प्रतिशतमात्र र बिजुली उत्पादन जम्मा अढाइ सय मेगावाटमात्र थियो । अहिले बिजुली प्रयोग गर्ने जनसंख्या ९९ प्रतिशत छ र नेशनल ग्रीडमा झण्डै ३५ सय मेगावाट बिजुली जोडिएको छ,’ उहाँले भन्नुभयो, ‘अब हामी एक वर्षमा हजार मेगावाट बिजुली उत्पादन गर्ने सामर्थका साथ काम गरिरहेका छौं ।’
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले देश विकासमा डायस्पोराको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, पेशा, व्यवसायमा आवद्ध व्यक्तित्व र राजनीतिक कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता थियो ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए