
काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)ले सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरुलाई यही शनिबार (१४ जुन)भित्र आपसी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिसक्न सबै एनसीसीलाई आग्रह गरेको छ ।
जुन १४ शनिबार बिहान १ बजेसम्म (नेपाली समय) एमओयूमा हस्ताक्षर गरिसक्नु पर्ने समयसीमा तोकिएको एनआरएनए आईसीसीका महासचिव बाबुराम लामाले जानकारी दिनुभयो । तोकिएको समयसीमाभित्र एमओयूमा हस्ताक्षर नगर्ने राष्ट्रिय समन्वय परिषद्हरुलाई एनसीसीको मान्यता दिइने छैन र त्यस्तो अवस्थामा सम्बन्धित एनसीसीमा सदस्यता व्यवस्थापन समिति गठन गरी सदस्यता वितरण गरिनेछ ।
गत मे ३ -४, २०२५ मा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका अधिकारीहरूको प्रत्यक्ष संलग्नतामा सम्पन्न एकताको महाधिवेशनबाट महेशकुमार श्रेष्ठको अध्यक्षतामा निर्विरोध निर्वाचित कार्यसमितिलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले मान्यता दिई विदेशस्थित कूटनीतिक नियोगहरुलाई २०८२ वैशाख ८ गते पत्रमार्फत जानकारी गराइसकेको उल्लेख गरिएको छ ।
त्यसैगरी परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई समेत परमादेश कार्यान्वयन भैसकेको जानकारी गराउँदै लगत कट्टा गर्नका लागि पत्राचार गरिसकेको पनि एनआरएनए आईसीसीले भनेको छ ।
श्रेष्ठको नेतृत्वमा गठित कार्यसमितिले एनआरएनएमा सबै पक्षहरुलाई मिलाएर बृहत् एकता गराउन हरसम्भव प्रयास गरिरहेको उपाध्यक्ष विश्वासदीप तिगेलाले बताउनुभयो ।
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता