
काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)ले सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरुलाई यही शनिबार (१४ जुन)भित्र आपसी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिसक्न सबै एनसीसीलाई आग्रह गरेको छ ।
जुन १४ शनिबार बिहान १ बजेसम्म (नेपाली समय) एमओयूमा हस्ताक्षर गरिसक्नु पर्ने समयसीमा तोकिएको एनआरएनए आईसीसीका महासचिव बाबुराम लामाले जानकारी दिनुभयो । तोकिएको समयसीमाभित्र एमओयूमा हस्ताक्षर नगर्ने राष्ट्रिय समन्वय परिषद्हरुलाई एनसीसीको मान्यता दिइने छैन र त्यस्तो अवस्थामा सम्बन्धित एनसीसीमा सदस्यता व्यवस्थापन समिति गठन गरी सदस्यता वितरण गरिनेछ ।
गत मे ३ -४, २०२५ मा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका अधिकारीहरूको प्रत्यक्ष संलग्नतामा सम्पन्न एकताको महाधिवेशनबाट महेशकुमार श्रेष्ठको अध्यक्षतामा निर्विरोध निर्वाचित कार्यसमितिलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले मान्यता दिई विदेशस्थित कूटनीतिक नियोगहरुलाई २०८२ वैशाख ८ गते पत्रमार्फत जानकारी गराइसकेको उल्लेख गरिएको छ ।
त्यसैगरी परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई समेत परमादेश कार्यान्वयन भैसकेको जानकारी गराउँदै लगत कट्टा गर्नका लागि पत्राचार गरिसकेको पनि एनआरएनए आईसीसीले भनेको छ ।
श्रेष्ठको नेतृत्वमा गठित कार्यसमितिले एनआरएनएमा सबै पक्षहरुलाई मिलाएर बृहत् एकता गराउन हरसम्भव प्रयास गरिरहेको उपाध्यक्ष विश्वासदीप तिगेलाले बताउनुभयो ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह