
अमेरिका । टेक्सास राज्यको ड्यालस–फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली बालबालिकालाई स्थानीय सुरक्षा प्रणालीसम्बन्धी जानकारी प्रदान गरिएको छ ।
नेपाली समाज टेक्सास र ग्लोबल नेपाली पाठशालाको संयुक्त आयोजनामा सञ्चालित दुई हप्ते समर क्याम्प (गर्मी शिविर) अन्तर्गत बुधबार युलेश सिटीमा प्रहरी र अग्निनियन्त्रक अधिकारीले बालबालिकालाई व्यक्तिगत तथा सार्वजनिक सुरक्षाका विविध पक्षमा जानकारी दिएका हुन् ।
कार्यक्रमको अवसरमा बालबालिकाले प्रहरी र अग्निनियन्त्रण गाडीमा जडान गरिएका उपकरणको अवलोकन गर्नुका साथै सुरक्षा प्रणालीसम्बन्धी सैद्धान्तिक जानकारीसमेत पाएका छन् । पाठशालाका प्रमुख डा भोजबहादुर बलायरका अनुसार विगतदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको समर क्याम्पमा यस वर्षदेखि सुरक्षा विषयलाई समेत समावेश गरिएको हो । यसअघि क्याम्पमा मुख्य रूपमा सांस्कृतिक तथा आध्यात्मिक विषयवस्तुमा मात्रै ध्यान दिइँदै आएको थियो ।
युलेशस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा आयोजित क्याम्पमा दुई चरणमा गरी २०० भन्दा बढी नेपाली मूलका बालबालिकाले सहभागिता जनाएका छन् । नेपालका चर्चित सांस्कृतिक तथा आध्यात्मिक ज्ञाता डा चिन्तामणि नाथ योगी प्रमुख प्रशिक्षक रहेको शिविरमा नेपाली भाषा, संस्कृति, परम्परा, योग, नाटक तथा नृत्य, नेतृत्व विकास, वित्तीय साक्षरतालगायतका विषयमा बालबालिकालाई प्रशिक्षण दिइँदैछ ।
नेपाली भाषा, कला र संस्कृतिबाट अमेरिकामा जन्मेका वा हुर्केका बालबालिकालाई नेपालसँग जोड्ने उद्देश्यले ग्लोबल नेपाली पाठशालाले महत्त्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष राजेन्द्र वाग्लेले बताउनुभयो । नेपाली समाज टेक्सासले आफ्नै पाठ्यक्रम निर्माण गरी ग्लोबल नेपाली पाठशालामा नियमित पठनपाठन सञ्चालन गर्दै आएको छ । साथै अमेरिकाको विभिन्न मौसमअनुसार शिविर आयोजना गर्दै आएको समाजले जनाएको छ ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?