काजाब्लांका क्यासेल्लो, बेल्जियम । किरात राई समुदायको मौलिक र महान् चाड उभौली साकेला ५०८५ बेल्जियमको ऐतिहासिक सहर लुभेनमा मनाइएको छ ।
किरात राई सोसाइटी बेल्जियमको आयोजनामा उभौली साकेला भव्य रूपमा मनाइएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत सेवा लम्साल बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूतले विदेशमा रहेका नेपालीहरूले आफ्नो संस्कृति जगेर्ना गर्न गरेका प्रयास अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता मौलिक चाडहरू प्रवासमा नेपालीहरूको पहिचान जोगाउने मेरुदण्ड हुन् । साकेलाले प्रकृति र समुदायसँगको सहजीविताको सन्देश दिन्छ।’
विशेष अतिथि लुभेन नगर उपप्रमुख बेल्जियमकी लोथे रामाकरले नेपाली समुदायको सांस्कृतिक बहुलता देखेर खुसी व्यक्त गर्नुभयो । ‘नेपालको विविधता र यहाँको सांस्कृतिक धरोहर देखेर म प्रभावित भएँ । यो विविधता विश्वकै सम्पत्ति हो,’ उहाँको भनाइ थियो ।
स्टाड लुभेनका उप मेयर श्री दिर्क भेन्सिनाले पनि कार्यक्रमलाई समर्थन जनाउँदै भन्नुभयो, ‘लुभेन सहर सधैं बहुसांस्कृतिक सहकार्यको पक्षमा छ । नेपाली समुदायले यो सहकार्यलाई अझ समृद्ध बनाएका छन् ।’
त्यसैगरी आदिवासी जनजाति महासंघ बेल्जियम अध्यक्ष बिरमान मगरले नेपाल र बेल्जियमबीचको सांस्कृतिक सम्बन्धको सराहना गर्दै भन्नुभयो,’तपाईंहरूको संस्कृति अत्यन्त जीवित र सशक्त छ । यस्ता कार्यक्रमले सहिष्णुता र मैत्री बढाउँछन् ।’
कार्यक्रममा आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष मगरसहित युरोपभरिबाट आएका किरात तथा अन्य नेपाली संघसंस्थाका अगुवाहरूले पनि आ–आफ्ना मन्तव्य राख्दै साकेला चाडको महत्त्वमा प्रकाश पार्नुभएको थियो ।
मेजर योगेश कोयी राई, किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्षले भन्नुभयो,’साकेला हाम्रो आत्मा हो। यो पर्व मनाउनु भनेको हाम्रा पुर्खा र प्रकृतिलाई सम्झनु हो।’
किरात राई यायोक्खा बेलायतका अध्यक्ष आशा राईले भन्नुभयो, ‘प्रवासमा साकेला मनाउँदा बालबालिकाले पनि आफ्नो जरा र पहिचान बिर्संदैनन् ।’
किरात राई सोसाइटी पोर्चुगलका कोषाध्यक्ष अरुन राईले, ‘यस्ता आयोजकहरूले हाम्रो साझा संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर दिन्छ’ भन्नुभयो ।
किरात राई समुदाय जर्मनीका अध्यक्ष डिल्ली राईले भन्नुभयो,’हामी जतिसुकै टाढा भए पनि संस्कृति हाम्रो जीवनको मूल हो ।’
सिलिम्पा किरात राई सोसाइटी पोर्चुगलका प्रतिनिधि अरूण राई, सुमन राई र आधी सोतांगको साझा भनाइ थियो,’साकेला एक दिनको नाचमात्र होइन, यो हाम्रो जीवन दर्शन हो ।’
किरात राई सोसाइटी स्पेनका अध्यक्ष युवराज राईले भन्नुभयो, ‘स्पेनमा पनि यस्ता कार्यक्रम सुरु गर्न प्रेरणा मिल्यो।’
गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमकी अध्यक्ष सिता सापकोटाले भन्नुभयो, ‘एनआरएनए सधैं नेपाली समुदायको संस्कृति जोगाउने अभियानमा साथ दिनेछ।’
किरात राई सोसाइटी स्वीटजरल्यान्डका प्रतिनिधि सामदुंग राईले भन्नुभयो, ‘आजको दिन हामीलाई हाम्रो मौलिकता सम्झाउने ऐतिहासिक दिन हो ।’
किरात याक्थुम चुम्लुङ बेल्जियमका अध्यक्ष वदन योङ्गहाङले भन्नुभयो, ‘साकेला किरात सभ्यताको आत्मा हो । हामीले यसलाई पिढी दरपीढी हस्तान्तरण गर्नुपर्छ ।’
विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक रानाले, ‘सांस्कृतिक साझेदारीले हाम्रो सहकार्य बलियो बनाउँछ,’ भन्नुभयो ।
शेर्पा समाज बेल्जियमका अध्यक्ष पिडी शेर्पाले भन्नुभयो, ‘सामुदायिक सहकार्य र सम्मानले नेपालीहरूको उपस्थिति अझ मजबुत बनाउँछ ।’
तामाङ समाज बेल्जियमका अध्यक्ष लालिंग तामाङले भन्नुभयो, ‘सांस्कृतिक पहिचान कायम राख्न हामी सबै मिलेर अघि बढ्न जरुरी छ।’
कार्यक्रमले प्रवासी नेपालीहरूमा सांस्कृतिक गर्व र आत्मीयता थप बलियो बनाएको आयोजक संस्थाले जनाएको छ। किरात राई सोसाइटी बेल्जियमले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र अन्तर्राष्ट्रिय सांस्कृतिक सहकार्यका लागि तत्पर रहने बताएको छ ।
कार्यक्रममा साकेलाका विभिन्न सिलीहरू प्रदर्शन र पितृ प्रकृतिको पूजासहित आरम्भ भएको कार्यक्रममा राजदूत लम्सालसहित उपमेयरद्वयसहित विदेशीहरूले समेत सामूहिक रूपमा साकेला नाचेर रमाएका थिए ।
उभौली साकेला किरात समुदायको एक प्रमुख चाड हो, जुन खेतीपाती सुरु हुने समयसँगै प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै मनाइन्छ । कार्यक्रममा साकेला सिली नाच, पारम्परिक भेषभूषा, जातीय संगीत, लोकनृत्य, र सांस्कृतिक झलकहरू प्रस्तुत गरिए ।
कार्यक्रममा नेपाली झन्डासँगै बेल्जियमको झन्डा पनि राखिएको थियो । जसले द्विदेशिक समन्वय र सांस्कृतिक सहकार्यको सन्देश दिएको थियो । साथै, लुभेन सहरको नगरपालिका (Leuven Stad) तथा स्थानीय संस्थाहरूको सहकार्यमा कार्यक्रम अझ प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकहरूले जानकारी दिएका छन् ।
किरात राई सोसाइटी बेल्जियमले प्रवासमा बसोबास गर्ने नेपालीहरूबीच सांस्कृतिक पहिचान जगेर्ना गर्न र एकता सुदृढ पार्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विशेष अतिथिहरूमा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सिता सापकोटा, किरात राई यायोक्खा बेलायत अध्यक्ष आशा राई, किरात राई सोसाईटी पोर्चुगल प्रतिनिधि तथा कोषाध्यक्ष अरुण राई, किरात राई समुदाय जर्मनी अध्यक्ष मन्डल डिल्ली राई,सिलिमपा किरात राई, सोसाईटी पोर्चुगल सुमन राई र आधी सोतांग,किरात राई सोसाईटी स्पेन अध्यक्ष युवराज राई,किरात राई सोसाईटी स्वीटजरल्यान्ड प्रतिनिधि सामदुंग राई, किरासो फ्रान्स प्रतिनिधि सामुन राईको उपस्थिति थियो ।
यस्तै अन्य विशेष अतिथिहरुमा किरात याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष वदन योङ्गहाङ, तमु समाज बेल्जियम अध्यक्ष ओमराज गुरूङ, विश्व मगर संघ बेल्जियम अध्यक्ष लोक राना, सिक्लेस पार्चे कल्याण कोषका अध्यक्ष ओमप्रसाद तमु,शेर्पा समाज बेल्जियम अध्यक्ष पिडी शेर्पा, तामाङ समाज बेल्जियम अध्यक्ष लालिंग तामाङ, क्षेत्री समाज बेल्जियम अध्यक्ष दीपक क्षत्री, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता गंगाधर गौतम उपस्थित हुनुहुन्थ्यो ।
अतिथिहरुमा जन प्रगतिशील मन्च बेल्जियमका अध्यक्ष मनिस गुरुङ, नवलपुर समाज बेल्जियम अध्यक्ष नरहरि सापकोटा,संघीय समाजवादी बेल्जियम अध्यक्ष नेत्र मगर, चितवन सहायता कोष बेल्जियम अध्यक्ष ईश्वरी कँडेल, अन्तर्राष्ट्रिय पर्वत समाज प्रमुख संरक्षक झलक केसी,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसी सदस्य भीम सुवेदी,जनसम्पर्क समिति बेल्जियम अध्यक्ष सुवास गुरूङ, पर्वत समाज बेल्जियम अध्यक्ष नन्दकुमारी गुरूङ, प्रवासी एकता समाज बेल्जियम अध्यक्ष अनिल थापा, नेपाली एकता समाज अध्यक्ष बालकृष्ण कँडेल,स्वतन्त्र प्रवासी नेपाली मञ्च बेल्जियम अध्यक्ष माधव सापकोटा, प्रेस सेन्टर नेपाल, केन्द्रीय सदस्य दिल निशानी मगर, पत्रकारहरु सनत आचार्य , पंचम अधिकारी, मोना बेल्जियम अध्यक्ष सुमन थापा, नेकपा एमाले बेल्जियम निवर्तमान अध्यक्ष चन्द्रकुमारी ईशा गुरूङ, कास्की समाज बेल्जियम अध्यक्ष जीवन गुरूङ, पूर्बेली समाज निवर्तमान अध्यक्ष अनन्त वस्ती, क्षत्री समाज बेल्जियम अध्यक्ष महासचिव मिन क्षत्री पूर्बेली समाज अध्यक्ष कौशल खनाल, इन्द्र धनुष कल्व बेल्जियम अध्यक्ष मीन्ड गुरूङ, साङ्रग्रीला समाज बेल्जियम अध्यक्ष नारायण अधिकारी,यूरोप नेपाल कलाकार संघ बेल्जियम वरिष्ठ उपाध्यक्ष जिमी गुरूङ उपस्थित रहनुभएको थिइो ।
इन्दिरा राईको सभापतित्वमा भएको कार्यक्रम महासचिव सबनम राईले सन्चालन गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन देव, सरु, मनिस तमु, आधी सोताङ, सुमन, मालती, रेणुका, मुना, मोनी, तारा, समुन राई, मदिप राई, गोपाल, भबिन, सुबास, श्रेया, सोनिया राई लगायतले गर्नुभएको थियो । कार्यक्रममा झन्डै पाँच सय नेपाली र विदेशीहरूको उपस्थिति थियो ।
कार्यक्रमको समापनमा आयोजक संस्थाले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र समृद्ध सांस्कृतिक आदान–प्रदानको अपेक्षा गरेको थियो ।