
काठमाडौं । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वमा गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कार्यसमितिलाई आधिकारिकताको मान्यता दिएको छ ।
परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सृजना कोइरालाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको उल्लेख गर्दै बिहीबार विदेशमा रहेका नेपाली दूतावासहरूलाई सर्कुलर जारी गर्नुभएको हो । परराष्ट्रमन्त्री आरजु राणाको निर्देशनमा पत्र लेखिएको समेत भनिएको छ ।
यसैबीच श्रेष्ठ नेतृत्वको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले निर्वाचित कार्यसमितिले आधिकारिक रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गरिसकेको भन्दै संसारभरका एनसीसीलाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
शेष घले नेतृत्वको उच्चस्तरीय समितिले वैशाख २० र २१ गते काठमाडौंमा एकता महाधिवेशन गरेर श्रेष्ठको नेतृत्वमा कार्यसमिति गठन गरेको थियो । ११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले भने आगामी अक्टोबरमा १२ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । केसी नेतृत्वको एनआरएनलाई भने प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन कायमै छ ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह