
लन्डन । १९८१ मा भर्ती भएका २/८१ इन्टेक नम्बरीले विभिन्न कार्यक्रमसहित ४४औं वर्षगाँठ मनाएका छन् ।
शनिबार १० मे २०२५ मा ब्लुकोट स्कुल बेजिङस्टोकमा २/८१ इन्टेक नम्बरीले राफल ड्र, तम्बोला र अन्य आकर्षक कार्यक्रमसहित वर्षगाँठ मनाएका हुन् ।
संस्थाका अध्यक्ष सुनिल राना, शोभामान गोले र पूर्वअध्यक्ष मेजर खुशीमान गुरुङले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । नम्बरी भेलामा उच्च शिक्षा हासिल गरेका, विवाह गरेका छोराछोरी र नातिनातिना भएकाहरुलाई खादा र प्रमाणपत्रसहित बधाई दिइएको थियो । उनीहरुले नम्बरीसँग खुशी बाँड्दै संस्थाका लागि प्रायोजन गरेको आयोजकले जनाएको छ ।
अर्को वर्ष ४५औं वार्षिक भेला नेपालको पर्यटकीय राजधानी पोखरा मनाउने भएकोले मेजर खुशीमान गुरुङको टिम (मेजर शोभित हमाल, रामलाल श्रेष्ठ र क्याप्टेन महेन्द्र लिम्बु र हङकङका संयोजक त्रिलोक गुरुङ)ले त्यसको गृहकार्यबारे जानकारी दिनुभएको थियो । संस्थाका सचिव शेर पुनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष बेल बुराथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
अध्यक्ष सुनिल रानाले वार्षिक रुपमा हुने जमघटमा नम्बरीले विगत सम्झिँदै एकापसमा भलाकुसारी गर्ने अवसर भएको उल्लेख गर्नुभयो । उहाँले कार्यक्रममा उपस्थित तथा कारण बस उपस्थित हुन असमर्थ र प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने बेजिङस्टोकका नम्बरीलगायत सबै नम्बरीहरुलाई धन्यवाद दिनुभयो ।
दोस्रो चरणमा भने मनोरञ्जनात्मक कार्यक्रम तम्बोला, राफल ड्र र नम्बरी नम्बर्नीको नाचगान चलेको थियो । लोक तथा दोहोरी गीत प्रतिष्ठान यूके शाखाका निवर्तमान अध्यक्ष टंक शेरचनको व्यंग्यात्मक मुक्तक प्रस्तुतिले कार्यक्रममा थप मनोरञ्जन दिलायो । नम्बरीका छोरीहरु संगीता गैरे र लुइजा नेपालीको नाच प्रस्तुतिले माहोल तातिएको थियो। सदाझैँ उमा गुरुङको एकल नाचले वाहीवाही पाएको थियो ।
कार्यक्रममा वेल्स, ग्रान्थम केन्टलगायत ठाउँबाट समेत नम्बरीहरु उपस्थित थिए । राफल ड्रमा पहिलो पुरस्कार एड्भेन्ट्रा जर्निज लिमिटेड (सुमन पुन)ले सुनको माला, दोस्रो पुरस्कार द प्यालेस रेस्टुरेन्टले (सुनको चन्द्रमा काँटा), तेस्रोमा युनिभर्सल गोर्खा सेक्युरिटी सेर्भिसेस (कृष्णराज तामाङ)ले नगद २ सय पाउन्डलगायत आकर्षक पुरस्कार नगद स्पोन्सर गर्नुभएको थियो ।
पहिलो पुरस्कार पशुपति गुरुङ, दोस्रो प्रतिभा श्रेष्ठ, तेस्रो सरिता गुरुङले जित्नुभयो ।
राफल ड्र र तोम्बोलाबाट उठेको दुई लाख रुपैयाँ आउने वर्ष ४५औं वार्षिकोत्सव कार्यक्रममा पोखराको गोर्खा संग्रहालय र गोर्खा वेलफेयर ट्रष्टलाई दिने निर्णय भएको संस्थाका कोषाध्यक्ष बेम थापाले जानकारी दिए । ४५ औं वर्षगाँठ २० देखि २२ फेब्रुअरी २०२६ मा मनाउने कार्यक्रम तय भएको छ।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला