
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघलाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष बद्री केसी समूहसँगको भेटमा प्रधानमन्त्री ओलीले एनआरएनएलाई गैर राजनीतिक बनाई संसारभरका गैरआवासीय नेपालीलाई एकजुट बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताउनुभएको हो ।
सर्वोच्च अदालतको परमादेशअनुसार गठित एनआरएनए उच्चस्तरीय आयोगले एकता महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेसकेको अवस्थामा बद्री समूहले नेकपा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
यही मे ३ देखि ४ सम्म चलेको महाधिवेशनबाट एनआरएनएको अध्यक्षमा जापानवासी महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । उक्त महाधिवेन परराष्ट्रमन्त्री आरजु राणा देउवाले उद्घाटन गर्नुभएको थियो । नयाँ कार्यसमितिले आइतबार नै पद तथा गोपनियताको शपथग्रहण गरिसकेको छ ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह