
काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट पुन:स्थापित भएको उच्चस्तरीय समितिको आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौंमा शनिबारदेखि सुरु भएको छ ।
महाधिवेशन परराष्ट्रमन्त्री आरजु राणा देउवाले उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, बद्री केसी नेतृत्वको कार्यसमितिको सहभागिता छैन । महाधिवेशनमा प्रवासमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका प्रतिनिधि सहभागी छन् । उच्चस्तरीय समितिका अनुसार २६ सय प्रतिनिधि दर्ता भएको जनाएको छ । यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई एकजुट भई अगाडि बढ्न आग्रह गर्नुभएको छ । उहाँले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गर्नुभयो ।
उहाँले एनआरएनको उद्देश्य पूरा गर्नका लागि एकबद्ध भई सक्रियतापूर्वक लाग्न र त्यसका लागि आफू र परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय एनआरएनएमा विवाद देखिएको र उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशानुसार भइरहेको एकता महाधिवेशनलाई सफल पार्न भूमिका खेल्ने सबै धन्यवादको पात्र भएको उल्लेख गर्नुभयो ।
परराष्ट्रमन्त्री डा राणाले विदेशमा रहेर नेपालप्रति देखाएको भावना आफूले बुझेको उल्लेख गर्दै विश्वमा नेपाली संस्कृति, खाना र पहिचानलाई फैलाउन निर्वाह गरेको भूमिका सराहनीय भएको बताउनुभयो ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह