
लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको अध्यक्षमा कुमार गुरुङ नियुक्त हुनुभएको छ ।
अल्डरसटस्थित सुसी मोटो रेष्टुरेन्टमा आइतबार २० अप्रिल २०२५ मा सम्पन्न संस्थाको नवौं वार्षिक साधरणसभाले समाजको रिक्त अध्यक्ष पदमा उपाध्यक्ष गुरुङलाई जिम्मेवारी सुम्पेको हो । अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङले राजीनामा दिनुभएपछि पद रिक्त थियो । सभाले वर्तमान कार्यसमितिको कार्यकाल एक वर्षको लागि थप गरिएको पनि समाजका महासचिव इन्द्र घोथानेले जानकारी दिनुभयो ।
नवनियुक्त अध्यक्ष कुमारले यसअघि सहारा यूके, धम्पुस समाज यूकेको सफलतापूर्वक नेतृत्व गरिसक्नुभएको छ । साथै उहाँ तमुधीं यूकेलगायत अन्य थुप्रै सामाजिक संस्थाहरुमा सम्बद्ध हुनुहुन्छ ।
वार्षिक साधारणसभा अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ, चेलीबेटी प्रमुख लिना गुरुङ र संस्थापक अध्यक्ष नरजङ गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको थियो । त्यसपछि उपाध्यक्ष राम गुरुङले उपस्थित सबैजनालाई स्वागत गर्नुभयो भने साधारणसभामा महासचिव घोथानेले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी गराउनुभयो ।
साधारणसभामा कोषाध्यक्ष देब गुरुङले समाजको वार्षिक आर्थिक प्रतिवेदन र महासचिवले बैठक र निर्णयहरु समेटिएको प्रतिवेदन तथा कार्यवाहक अध्यक्ष राम गुरुङले समाजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सभाले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको २०२५ को वार्षिक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम आगामी वर्ष जनवरी १७ तारिख २०२६ साल र चेलीबेटीहरुको देउसीभैलो तथा भाइटीका (तिहार) कार्यक्रम २०२५ अक्टोबर ११ वा १७ मा तारिख गर्ने निर्णय गरेको छ ।
सभामा संस्थापक अध्यक्ष नरजङ गुरुङ, प्रमुख संरक्षक क्याप्टेन जीवनकुमार गुरुङ, प्रमुख सल्लाहकार हरि गोबिन्द गुरुङ, संस्थापक सल्लाहकार तथा तमु समाज यूकेको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, संस्थापक सल्लाहकार तथा तमुधीं यूकेको संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, संस्थापक सल्लाहकार नारदमनी गुरुङ र भूपू अध्यक्ष तथा संरक्षक अनेरी लेप्टेन चन्द्र गुरुङले शुभकामना मन्तव्य दिनुभएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य