
लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको अध्यक्षमा कुमार गुरुङ नियुक्त हुनुभएको छ ।
अल्डरसटस्थित सुसी मोटो रेष्टुरेन्टमा आइतबार २० अप्रिल २०२५ मा सम्पन्न संस्थाको नवौं वार्षिक साधरणसभाले समाजको रिक्त अध्यक्ष पदमा उपाध्यक्ष गुरुङलाई जिम्मेवारी सुम्पेको हो । अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङले राजीनामा दिनुभएपछि पद रिक्त थियो । सभाले वर्तमान कार्यसमितिको कार्यकाल एक वर्षको लागि थप गरिएको पनि समाजका महासचिव इन्द्र घोथानेले जानकारी दिनुभयो ।
नवनियुक्त अध्यक्ष कुमारले यसअघि सहारा यूके, धम्पुस समाज यूकेको सफलतापूर्वक नेतृत्व गरिसक्नुभएको छ । साथै उहाँ तमुधीं यूकेलगायत अन्य थुप्रै सामाजिक संस्थाहरुमा सम्बद्ध हुनुहुन्छ ।
वार्षिक साधारणसभा अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ, चेलीबेटी प्रमुख लिना गुरुङ र संस्थापक अध्यक्ष नरजङ गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको थियो । त्यसपछि उपाध्यक्ष राम गुरुङले उपस्थित सबैजनालाई स्वागत गर्नुभयो भने साधारणसभामा महासचिव घोथानेले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी गराउनुभयो ।
साधारणसभामा कोषाध्यक्ष देब गुरुङले समाजको वार्षिक आर्थिक प्रतिवेदन र महासचिवले बैठक र निर्णयहरु समेटिएको प्रतिवेदन तथा कार्यवाहक अध्यक्ष राम गुरुङले समाजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सभाले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको २०२५ को वार्षिक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम आगामी वर्ष जनवरी १७ तारिख २०२६ साल र चेलीबेटीहरुको देउसीभैलो तथा भाइटीका (तिहार) कार्यक्रम २०२५ अक्टोबर ११ वा १७ मा तारिख गर्ने निर्णय गरेको छ ।
सभामा संस्थापक अध्यक्ष नरजङ गुरुङ, प्रमुख संरक्षक क्याप्टेन जीवनकुमार गुरुङ, प्रमुख सल्लाहकार हरि गोबिन्द गुरुङ, संस्थापक सल्लाहकार तथा तमु समाज यूकेको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, संस्थापक सल्लाहकार तथा तमुधीं यूकेको संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, संस्थापक सल्लाहकार नारदमनी गुरुङ र भूपू अध्यक्ष तथा संरक्षक अनेरी लेप्टेन चन्द्र गुरुङले शुभकामना मन्तव्य दिनुभएको थियो ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने