
लन्डन । नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ (निफिन) आईसीसी,नेपाल आदिवासी जनजाति महासंघ बेलायतसहित १७ देशमा क्रियाशील नेफिले मुक्कुम्लुङमा केबुलकार निर्माण तत्काल बन्द गर्न माग गरेका छन् ।
ती संस्थाहरुले नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार संयुक्त ज्ञापनपत्र पठाउँदै किराती लिम्बू समुदायहरुको पवित्र साँस्कृतिक धरोहर तथा मुन्धुमी स्थल मुक्कुम्लुङमा केबुलकार निर्माण तत्काल रोक्न माग गरेका हुन् ।
मुक्कुम्लुङमा स्थानीय आदिवासी जनजातिहरुको सहमतिबेगर राज्यले जबर्जस्ति डर, धम्की र अनावश्यक बल प्रयोग गरी कथित निजी व्यावसायिक केवलकार निर्माण कार्य गर्नु नेपाल आफैले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय कानुनको समेत विरुद्ध छ,’ज्ञापनपत्रमा छ, ‘यसर्थ, मुक्कुम्लुङ क्षेत्रमा स्थानीय आदिवासी जनजातिहरुको सहमतिबेगर थालनी गरिएको केवलकार निर्माण कार्य तत्काल स्थागित गर्न हामी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’
नेपालको पूर्वी जिल्ला ताप्लेजुङ्गमा अवस्थित मुक्कुम्लुङमा केही व्यवसायीहरुको निजी फाइदाका लागि सरोकारवाला स्थानीय आदिवासी जनजाति समुदायहरुको चाहना र भावनाविपरीत केबुलकार निर्माण कार्य जबरजस्ती अगाडि बढाउनु आदिवासी जनजाति समुदायको संस्कृतिमाथिको आक्रमण र अतिक्रमण भएको ती संगठनहरुको ठहर छ । उनीहरुले मुक्कुम्लुङ संरक्षणका लागि आन्दोलनरत पक्षमाथि सरकारको निर्देशमा प्रहरीको बर्बरतापूर्ण हिंसाको भएको भन्दै घोर विरोधसमेत जनाइएको छ ।
ज्ञापनपत्रमा नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ, (निफिन) आईसीसीका अध्यक्ष मानबहादुर राना मगर,नेपाल आदिवासी जनजाति महासंघ युके अध्यक्ष मेजर योगेश कोयी राई,नेपाल आदिवासी जनजाति महासंघम अस्ट्रेलियाका अध्यक्ष
लक्षमण गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ जापान अध्यक्ष हवालचन्द्र लामा, नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष विशन राई,नेपाल आदिवासी जनजाति महासंघ, मलेसियाका अध्यक्ष बिपिन राईलगायतले हस्ताक्षर गर्नुभएको छ ।





कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध