
काठमाडौं । विश्व कीर्तिमान कायम गर्नुभएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ लाई बिहीबार म्याग्दीको बेनीमा सम्मान गरिएको छ।
अन्नपूर्ण गाउँपालिका ३ दानामा जन्मिएर पर्वतारोहणको क्षेत्रमा विश्व कीर्तिमान कायम गरेर म्याग्दी र देशलाई नै विश्वभर चिनाउन सफल हुनुभएको भन्दै उहाँलाई म्याग्दीवासीले नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो।
पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सम्मान मुल समारोह समितिले जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका ३ भकिम्ली निवासी एक सय १ वर्ष पुग्नुभएका भैरबहादुर हुमेन, स्थानीय तहका प्रमुख र म्याग्दी उद्योग वाणिज्य संघ लगायतका संघसंस्थाले पुर्जालाई सम्मानपत्रबाट सम्मान गरिएको छ।
जन्म जिल्ला म्याग्दीमा सम्मानित हुन पाउँदा गौरब र थप उत्साह मिलेको पर्वतारोही पुर्जाले बताउनुभयो। उहाँले म्याग्दीको पर्यटन क्षेत्रको विकासमा आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै सम्मान गर्ने जिल्लावासीहरुलाई धन्यवाद दिनुभयो। सम्मान कार्यक्रम पूर्व बेनीमा पुर्जालाई बाजागाजा र साँस्कृतिक झाँकी सहित भव्यरुपमा स्वागत गरिएको थियो।
पर्वतारोहणको क्षेत्रमा बिना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ४८ पटक पाइला टेक्ने र सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने विश्वकै पहिलो आरोहीको कीर्तिमान कायम गर्नुभएका पुर्जालाई सम्मान गरिएको सम्मान मुल समारोह समितीका संयोजक तथा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो।
पुर्जाले आरोहण गर्नुभएका १४ अग्ला हिमालमध्ये आठवटा नेपालमै पर्छन्। आरोहणका क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्दार गरेर संसारभर चर्चा कमाउनुभएका उहाँको नाममा करिब आरोहणको क्षेत्रका आधादर्जन कीर्तिमानी छन्। पूर्जाले ‘निम्स’ले म्याग्दीमा रहेको संसारकै १० औं अग्लो अन्नपूर्ण हिमाल र सातौं अग्लो धौलागिरि हिमालबाट आरोहण थाल्नुभएको थियो।
पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन (जाडो याम) मा सफल आरोहण गर्ने विश्वकै पहिलो आरोही समेत हुनुहुन्छ। बेलायती सेनाको विशेष सैनिक फोर्सबाट अवकाश लिनुभएका पूर्जाले गैर आवासीय नेपाली नागरिकता लिनुभएको छ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा