काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भूतपूर्व (भूपू) गोर्खाको विषयमा अब नेपाल र बेलायतबीचको सहमतिमा नयाँ सन्धि हुनुपर्ने बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीको नेतृत्वमा बिहीबार बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री ओलीले भूपू गोर्खाको विषयमा नेपाल नयाँ सन्धि गर्न तयार रहेको बताउनुभएको हो । साथै, बेलायती सेनाबाट पेन्सनरत भूपू गोर्खाहरूको समान पेन्सन, अधिकार र अन्य सुविधाका लागि बेलायत सरकारसँग उच्चस्तरीय वार्ता गर्न सरकार तयार रहेको ओलीको भनाइ छ ।
त्यसअघि, अध्यक्ष केसीले नेपाल, भारत, र बेलायतबीच भएको त्रिपक्षीय सन्धिअनुसार सबै सैनिकहरूलाई समान पेन्सन र सेवा–सुविधा प्रदान गरिनुपर्ने व्यवस्था भए पनि बेलायत सरकारले गोर्खाहरूलाई सो अधिकारबाट वञ्चित गरिरहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
अध्यक्ष केसीले संघको गोर्खा कल्याण समन्वय समितिका संयोजक ह.ले. चन्द्रबहादुर गुरुडलाई आगामी दिनमा हुने वार्ता समितिमा प्रतिनिधिका रूपमा राख्नसमेत अनुरोध गरेको जानकारी गराउनुभयो । भेटमा प्रधानमन्त्री ओलीलाई ध्यानकर्षण पत्रसमेत बुझाइएको थियो ।
ध्यानाकर्षण पत्रमा गैरआवासीय नेपालीलाई नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेझैँ, त्रिपक्षीय सन्धिअन्तर्गत बेलायती सेनामा भर्ती भएका गोर्खाहरू र तिनका सन्तानको नेपाली नागरिकता निरन्तरता हुनुपर्ने माग गरिएको छ ।
अहिले एक वर्षमा करिब ३०० जना नेपाली युवा बेलायती सेनामा संलग्न हुन्छन् । यदि एक गोर्खाको परिवारमा औसत चार जना सदस्य छन् भने एक वर्षमा १,२०० जना नेपाली नागरिक विदेशिन्छन् । सेवा निवृत्त र सेवारत गोर्खालीहरूले नेपालमा ल्याउने निवृत्तिभरण र तलबले नेपालको अर्थतन्त्रमा ठूलो महत्त्व राख्दै आएको दाबी गरिएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा एनआरएनए अध्यक्ष केसी, एनआरएनए सीईओ राजेन्द्र रावत, टास्कफोर्सका संयोजक ह ले गुरुङ, सल्लाहकार एवं तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ र समाजसेवी तेजबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता